हुग्दिसिरमा काँग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण : अबको ५ वर्षमा काँग्रेस पहिलो पार्टी !

बरेङ २०७५ चैत २१ । नेपाली काँग्रेस बरेङ गाउँपालिकाले हुग्दिसिरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उदघाट्न गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले पार्टी भित्रको संगठन सुदृढीकरणका निम्ती यस्ता खालका प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए । उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नैरश्यता छाएको हुनाले अबको पाँच वर्ष पछि काँग्रेस फेरी पहिलो पार्टी हुने विश्वास व्यक्त गरे ।

थापाले पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रममा काँग्रेस बागलुङका पार्टी सचिव नवराज पौडेल, जिल्ला कार्यसमिति सदस्य डिल प्रसाद शर्मा, हरि आचार्य, पदम बहादुर पुन, क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका निवर्तमान सह–महामन्त्री हरिहर शर्मा, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खड्क थापा, भुपू सैनिक संघका केन्द्रिय सदस्य मेखबहादुर छन्त्याल, काँग्रेस बागलुङका पुर्व जिल्ला सदस्य तुलसीराम पौडेल, बरेङ गाउँपालिका–५ सुखौराका वडा अध्यक्ष अमर बहादुर शेरपुजा, स्थानिय अगुवा कार्यकर्ता मोतिराम गौतम, पुर्णबहादुर पौडेल लगायतले बोलेका थिए ।

प्रशिक्षण कार्यक्रममा केन्द्रिय प्रशिक्षक प्रमोदहरी गुरागाई, काँग्रेस गुल्मीका महासमिति सदस्य एवं केन्द्रीय प्रशिक्षक छन्दबहादुर पहराई, काँग्रेस बागलुङ क्षेत्र नं. २ का पुर्व क्षेत्रीय सभापति लालबहादुर पून लगायतले सहजीकरण गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा बरेङ गाउँपालिका भित्रका करिब डेढ सय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस बरेङ गाउँपालिकाका संयोजक होम बहादुर श्रीषको अध्यक्षता, आमन्त्रीत जिल्ला सदस्य विष्णु बस्नेत खत्रीको स्वागत र जिल्ला सदस्य दिलिप पूनका संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच नेपाल शिक्षक संघ बरेङ गाउँपालिकाले शिक्षक सेवा आयोगको परिक्षामा उत्तिर्ण शिक्षकहरुलाई बधाई तथा सम्मान व्यक्त गरेको छ । बरेङ गाउँपालिका क्षेत्रमा अध्यापन गराउने शिक्षकहरुलाई शिक्षक संघले बधाई तथा सम्मान व्यक्त गरेको हो । यसै वर्ष मात्र संचालित शिक्षक सेवा आयोग बाट विभिन्न तहमा उत्तिर्ण हुन सफल शिक्षकहरुलाई हुग्दिशिरमा एक कार्यक्रमका बिच बधाई ज्ञापन गरिएको शिक्षक संघ बरेङ गाउँपालिकाका सचिव पुर्णभद्र शर्माले जानकारी दिए ।

कार्यक्रममा विभिन्न तहमा नाम निकाल्न सफल शिक्षकहरु तुलसी गाह, पुष्पा पौडेल, चन्द्रा शर्मा, रुकमागत न्यौपाने, तमबहादुर श्रीष, सितादेवी शर्मा, कोपिला सुवेदी, चन्द्रा पौडेल, कृष्णदेव सिंह लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नेपाल शिक्षक संघ बरेङ गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर खत्रीको अध्यक्षता र जिल्ला सहसचिव मदन काकीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *