पुर्कोटे किबी कृषक राजेन्द्र पुनको हावाहुरीले उडायो सात लाख !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७५ चैत २० । ढोरपाटन नगरपालिका वडा नम्बर ३ पुर्कोटका किवी किसान राजेन्द्र पुनको सोमबार साझँको हावाहुरीले सात लाख बराबरको किवी खेती नोक्सान पारेको छ । ५ बर्ष पहिले करिब २ लाख लगानीमा करिब २४ रोपनी जग्गामा किवी खेती सुरु गरेका पुनको भर्खर फल लाग्ने समयमा चलेको तीबै गतिके हावाहुरी र असिना पानीले रु ७ लाख बराबरको करिब २५–३० क्विन्टल किवीे नोक्सान गरेको उनले बताए । गत बर्ष किबीको एक बोटमा कम्तीमा ५ केजीदेखी ४० केजीसम्म उत्पादन गरेका पुनले अहिले एकै बोटमा ५०–६० केजी सम्म फल लाग्ने सक्ने अनुमान पुनले गरेका थिए । गत माघ ११ गते परेको हिमपातका कारण किवी सर्गैँ ८ रोपनि जग्गामा लगाईएको ३५ बोट सुन्तला र कागतीलाई समेत नोक्सान गरेको बताए ।

२ वर्ष पहिले पनि अचानक परेको असिना पानीले गर्दा करिब १ लाख बराबरको किबीका फुल र फल नोक्सान गरेको पुनले बताए । गत बर्ष भन्दा यो बर्ष केहि राम्रो आम्दानी गर्ने सोचमा रहेका पुनको यो विपत्ति सर्गैँ निराशा छाएको छ ।

उता ढोरपाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तीमगरले मंगलबार पुनले लगाएको किवी खेतिको अनुगमन गरेका छन । घर्तीका अनुसार किवीका फुल र स–साना फलहरु सबै झरेका छन भने केहि दानामात्र रहेका छन । किसानले लगाएको बालीनालीमा भएको नोक्सानमा वडाबाट केहि अनुदान नभएपनि नगरपालिकाबाट भएको खण्डमा गर्न सकिने बताए । यो बर्ष समय समयमै पानी परिरहेकाले फलफुल राम्रो हुने अनुमान गरेको घर्तीले एक्कासी लागेको हावाहुरी र असिना पानीले यस क्षेत्रका किसानहरुमा निराशा छाएको समेत बताए ।
ढोरपाटन नगरपालिका वडा नम्बर ३ कै चिर्बाङमा अध्यक्ष घर्तीका बुबा बल बहादुर घर्तीले लगाएको सुन्तला तथा कागती खेतिमा समेत नोक्सान गरेको छ । करिब ९ रोपनी जग्गामा १५० बोट सुन्तला सगैँ लगाएका कागतीको फुल सहित फल झारेको समेत घर्तीले बताए । फुल सगैँ फल लाग्ने समयमा लागेको हावाहुरी र असिना पानीले यस क्षेत्रका धेरै किसानहरु मर्कामा परेका छन ।
सम्वन्धित लिंक
राजेन्द्र पुन भन्छन् – ‘रहरै रहरमा सुरु गरेको किबी खेती आम्दानीको आकर्षक माध्यम बन्यो !’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *