गर्भवती महिलाहरुलाई एक/एक क्यारेट कुखुराको अण्डा वितरण !

बागलुङ २०७५ चैत १९ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान वडा कार्यालयले वडाका गर्भवती महिलाहरुका लागि अण्डा वितरण गर्ने कार्यक्रम सुरु गरेको छ । गर्भवती महिला र गर्भमा रहेको बच्चाको स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकाले स्वास्थ्यचौकीमा जाँच गर्न आउँने बेला अण्डा प्रदान गर्न थालिएको हो ।

वडा कार्यालयले वडा कार्यालयको स्वास्थ्य कार्यक्रमबाट विनियोजित बजेटबाट यस्तो कार्यक्रम सुरु गरिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार गर्भावस्थामा रहेका महिलाहरुले स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गर्ने क्रममा अण्डा दिएर पठाइने गरेको नारायणस्थान स्वास्थ्य चौकीमा प्रमुख ऋषिराम शर्माले जानकारी दिए । उनका अनुसार गर्भावस्थामा अनिवार्य रुपमा चार पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले पहिलो, दोस्रो, तेस्रो र चौथो जाँचका लागि स्वास्थ्यचौकीमा आउँने गर्भवती महिलाहरुलाई एक–एक क्यारेट कुखुराको अण्डा दिन थालिएको शर्माको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *