बागलुङ सेवा समाज बहराईनले चैते दशै तथा नयाँ वर्ष २०७६को अवसरमा वनभोज आयो जना गर्दै !

बहराइन २०७५ चैत १९ । ” विकासशीलता सृजनसिलता बागलुङको आवश्यकता,सभ्य समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यबद्वता” भन्ने मुलनाराका साथ स्थापना भएको यस बागलुङ सेवा समाज बहराइनले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चैते दशै तथा नयाँ वर्ष २०७६को पावन अवसर पारेर बृहत वनभोज नयाँ वर्षको शुभकामना आदनप्रदान साथै स्थानीय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम यहि 12April 2019 शुक्रबारको दिन बारबार पार्क बुदईया बहराईनमा आयोजना गर्ने भएको छ।

सथाका अध्यक्ष ओम पुनका अनुसार बहराईनमा रहेका बागलुङबासी र गैर बागलुङबासी बिच पारसपारिक सम्बन्ध मझ्बुत बनाउनको लागि बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बृहत वनभोज शुभकामना आदानप्रदान साथै साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

बागलुङ सेवा समाज बहराईनले स्थापन कालदेखिनै सामाजिक कार्यमा सबै संग हातेमालो गर्दैअगाडि बढीरहेको छ। दैविबप्रकोप होस या विदेशमा दु:ख पाएका ब्याक्ति वा जटिल रोगबाट ग्रसितभै मृत्यु सैयामा छटपटाई रहेकाहरुलाई राहत रकम पठाई मलहम पट्टि लगाउदै आएको छ र आगमी दिनमा पनि यस्ता सामाजिक र मानवीय कार्यलाई निरन्तरता दिदै जाने प्रमुख सल्लाहकार जीवन रोका मगरले बताए ।

साथै उक्त कार्यक्रममा नेपाली परिकार स्थानीय कलाकार संग स्थानीय कला सँस्कृति र दोहोरी गितमा रम्न रमाउनको लागि सम्पुर्ण बहराईनलाई कर्म थलो बनाई बसेका आमाबुवा दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थितिको लागि महासचिव भोव बहादुर कुँवरले अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *