बागलुङमा ३ दिने कार्यक्रमका साथ राष्ट्रिय सहकारी दिवस मनाइने !

बागलुङ, २०७३ चैत ११ । नेपालमा सहकारीको शुरुवात भएको दिन चैत २० गते देशभर राष्ट्रिय सहकारी दिवस मनाइदै छ । यसै सन्दर्भमा डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा बागलुङमा ३ दिने कार्यक्रमका साथ सहकारी दिवस मनाउन लागिएको छ ।

डिभिजन सहकारी कार्यालयमा शुक्रवार बसेको सहकारी अभियानका अगुवाहरु र डिभिजन सहकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको वैठकले दिवसका अवसरमा ३ दिनसम्म विभिन्न कार्यत्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा पारेर पहिलो दिन चैत १८ गते मानव सेवा आश्रम बागलुङमा खाद्यान्न तथा लत्ता कपडा सहयोग गर्ने भएको छ । यस्तै र्दाेस्रो दिन चैत १९ गते सहकारी संघ संस्थाका कर्मचारीहरुबीच दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्ने निर्णय भएको छ ।

सहकारी दिवसका दिन चैत २० गते बिहान प्रभातफेरी र राधाकृष्ण मन्दिरको सभाहलमा मुख्य समारोह गर्ने निर्णय भएको डिभिजन सहकारी अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारीको छाता संगठन राष्ट्रिय सहकारी संघ लिमिटेडले वर्षभरीका लागि नारा तय गर्ने र सोही अनुसारका गतिविधि देशभर सञ्चालन हुदै आएका छन् । ६० औ राष्ट्रिय सहकारी दिवस र त्यसपछिको एक वर्षका लागि संघले दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी विषयक ध्येय निर्माण गरी सहकारीहरुलाई यही नाराका साथ अभियान अगाडि बढाउन आव्हान गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बता ए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.