चौथो वर्षका विद्यार्थीको बिदाई : स्नाकोत्तर तहका बिद्यार्थीहरु देशका भबिष्य हुन – उपप्रमुख काउचा

गल्कोट २०७५ चैत १७ । स्वतन्त्र बिद्यार्थी युनियन गल्कोट बहुमुखी क्यापस गल्कोटले आयोजना गरेको चौथो बर्षका बिद्यार्थी बिदाई तथा नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाकी नगरउपप्रमुख रेनुका काउचा मगरले स्नाकोत्ततर तहका बिद्यार्थीहरु देशका भबिष्य भएको बताएकी छिन् ।

नगरउपप्रमुख काउचा मगरले क्यापसका बिद्यार्थीहरु सिँगो नगरका छोराछोरी भएको भन्दै नगरलाई समृद्ध बनाउनका लागी बिद्यार्थीहरुको भुमिका प्रमुख रहने बताईन । काउचा मगरले आफुले अध्ययन गरेको बिषयलाई ब्यवहारमा लागु गरि भोलिका दिनमा समाज रुपान्तरणमा लाग्न आग्रह समेत गरिन । उनले शिक्षाले देशको भबिष्य निर्धारण गर्न सक्ने भन्दै शिक्षण क्रियाकलापलाई निरन्तर अगाडि बढाउन बिदाई हुने बिद्यार्थीहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा गलकोट बहुमुखी क्यापसका ब्यवस्थापन समितिका अध्यक्ष मुकुण्दसिह भण्डारी, क्यापस प्रमुख कृष्णप्रसाद गौतम, सहायक क्यापस प्रमुख झलक पाण्डे, नेपाल प्रध्यापक संद्य गलकोट बहुमुखी क्यापसका अध्यक्ष डिलाराम सुवेदी, प्रध्यापक नवराज गौतम लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बिदाई हुने बिद्यार्थीको तर्फदेखि अनिषा थापा र धना गुरुङले धन्यबाद मन्तब्य राखेका थिए ।

सो अवसरमा बिदाई हुने बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने बिद्यार्थीहरुले स्ववियु र क्यापसका लागी मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न साँगीतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन गलकोट बहुमुखि क्यापसका सभापति गुमानसिह भण्डारीको अध्यक्षता, बिद्यार्थी रोशन खडकाको स्वागत मन्तब्य र धुर्व सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.