आफना उमेदवारलाई विजयी गराउन आम नागरिकलाई राजमोको आग्रह !

विजय राना, बागलुङ २०७३ चैत ११ । राष्ट्रिय जनमोर्चा बागलुङको काठेखोला गाउँ पालिका स्तरीय भेला शुक्रबार सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल बनाउन लाग्नु पर्नेमा जोड दिँदै गिलास चिन्हमा मतदान गरि राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउन आम नागरिकलाई आग्रह गरे ।

उनले राष्ट्रियताको रक्षा र जनताको अधिकारको लागि आफ्नो पार्टीले निरन्तर संघर्ष गरेको बताउँदै आम नागरिकले राष्ट्रिय जनमोर्चालाई मतदान गरि राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउन विश्वास व्यक्त गरे ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष तिलक थापाले स्थानीय तहको निर्वाचनमा प्रत्येक गाउँ पालिका र नगर पालिकामा राष्ट्रिय जनमोर्चालाई विजयी गराउने गरि लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

भेलाले १५ सदस्यीय निर्वाचन परिचालन तथा प्रचार प्रसार संयोजन उपसमिति गठन गरेको छ ।

समितिको संयोजकमा अर्जुनबहादुर खत्री, सह–संयोजकमा लक्ष्मण पुन, सदस्यहरुमा पृथ्वीराज कंडेल, चित्रबहादुर कार्की, टँक बहादुर पुन, बलबहादुर विक रहेका छन् ।

त्यस्तै ओमबहादुर पुन, विष्णु कँडेल, थम्मन पुन, पूर्ण बहादुर विक, कमपला पुन, सितादेवी किसान, पर्शुराम कँडेल, रिमबहादुर थापा, टिका संगम विक सदस्यमा रहेको राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवरले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.