नेपाल लाइफ बागलुङको बनभोज कार्यक्रमसंगै अभिकर्ता महासंघ गठन !

रामशरण पोखरेल, बागलुङ २०७५ चैत १७ । नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङको अभिकर्ता भेटघाट तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

यस इन्स्योरेन्समा आबद्ध जिल्लाको सबै भेगका अभिकर्ताको सहभागी रहेको वनभोज कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जीवन बिमा सबैकोलागी अनिबार्य रहेको बताए भने नेपाल लाइफ इन्स्योरेन्स बागलुङ प्रमुख महेन्द्र गुरुङले नेपाल लाइफ इन्स्योरेन्स नेपाल कै नम्बर एक र बोनस दर बढी भएकोले सबैलाई नेपाल लाइफ मै बिमा गर्न सुझाए ।

उक्त बनभोज कार्यक्रमको अवसरमा नेपाल लाइफ बागलुङको अभिकर्ता महासंघको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले एजेन्सी म्यानेजर चिरन्जिबी रिजालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

उपाध्यक्षमा एजेन्सी म्यानेजर व्दय घनश्याम रिजाल र इन्दिरा भुसाल, सचिवमा एजेन्सी म्यानेजर रामशरण पोखरेल, सहसचिवमा गौरव राना र कोषाध्यक्षमा सूर्य चापागाईंलाई सर्बसम्मत चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा देवी सापकोटा, टिकाराम उपाध्याय, जीवन सुवेदी, सीता पुन, रबिन खत्री, नबिना शर्मा, बिदुर खरेल, कुलराज शर्मा, कमला शर्मा, नवराज पौडेल, पूर्ण प्रकाश पौडेल चयन भएका छन ।

महासंघले अबको ३ बर्षमा अभिकर्ताको अधिकार र स्वतन्त्रताको लागि चेतनामुलक कार्यक्रम गर्दै बागलुङका प्रत्येक गाउँमा बिमा जागरण अभियान सन्चालन गर्ने बताएको छ । उक्त अवसरमा म्युजिकल चियर कार्यक्रम पनि गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.