मुख्यमन्त्री वातावरण मैत्री कृषि नमुना गाउँ कार्यक्रम अन्तर्गत निसिखोला- ५ मा अन्तरक्रिया !

झम सिर्पाली, निसिखोला २०७५ चैत १६ । गण्डकी प्रदेशको मुख्यमन्त्री वातावरण मैन्त्री कृषि नमुना गाउँ कार्यक्रम अर्न्तर्गत छनौट भएको निसिखोला गाउँपालिका वडा नं ५ बलवानखोलामा आज योजना प्रभावकारी ढङ्गले संचालन गर्ने र सफल पार्ने बिषयमा स्थानीय वासिन्दा, जनप्रतिनिधि र कृषकहरुविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य चन्द्र बहादुर बुढा सागरले कुनै पनि व्यक्तिले राजनीतिक स्वार्थभन्दा माथी उठेर समाजको हितलाई केन्द्रविन्दुमा राखेर काम गरेमा मात्र योजना प्रभावकारी हुने बताए । साथै कृषकहरुलाई पुरानो प्रणालीलाई परिमार्जन गरि नयाँ तथा आधुनिक कृषि प्रणाली अपनाएर अघि बढ्न आग्रह गरे।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले योजना पर्नु मात्रै ठूलो कुरा नभाएर त्यस्को उचित कार्यन्वययन पक्ष तथा उपयोगिता ठूलो हुने बताए । योजनालाई कृषि संगै पर्यटनसंग पनि जोडेर विकसित गर्नुपर्ने धारणा राख्दै अध्यक्ष पौडेलले योजना कार्यन्वयन तथा यस्को प्रभावकारीता बढाउनका लागि गाउँपालिका सहकार्य रहेको बताए ।

कार्यक्रममा निसिखोला गाउँपालिका वडा नं २ का अध्यक्ष कुविर विश्वकर्मा, ४ का अध्यक्ष टिकानिधी पौडेल, युवा उद्यमी प्रदिप तिमल्सिना , बालिसंरक्षण अधिकृत नारायण पौडेल तथा कृषि केन्द्रका बालकृष्ण रेग्मी लगायतको आतिथ्यता रहेको कार्यक्रम वडा नं ५ का वडाध्यक्ष हर्कमान घर्तिमगरको अध्यक्षता, समाजसेवी प्रेम घर्ती मगरको स्वागत तथा गौरव दास बैरागीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.