ताराखोलामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ चैत १६ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र महिला संजाल वडा न ४ ताराको आयोजनामा महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम आज ताराखोलामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ कि केन्द्रिय सदस्य तथा महिला नेतृ निरमाया श्रीस बुढाले बदलिँदो समय र परिस्थिति अनुसार फेरबदल भएका नियम कानुनको बारेमा जानकार हुन नसक्दा पनि ग्रामीण क्षेत्रका कतिपय महिलाहरु अझै पनि विभिन्न किसिमका हिंसाबाट पीडित हुनु परेको बताइन ।

ग्रामीण क्षेत्रका महिलाहरुलाइ कानुनी सचेतता संगै सामाजिक आर्थिक र ब्याक्तित्व बिकासमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम सन्चालन गरिएको महिला संजाल वडा न ४ की अध्यक्ष तुल माया निउरेले जानकारि दिइन् ।

कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिती बाग्लुङकी सदस्य फुलमाया पुन जलजला, वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री , ताराखोला स्वास्थ चौकीका इन्चार्ज लक्ष्मण कडेल र ताराखोला गाउँपालिकाकी वास संयोजक भिमा रोकाले गरेका थिए ।

कार्यक्रमको अबसरमा स्थानिय तहमा महिलाका अधिकार , परिबर्तित ऎन कानुन,महिला हिंसा , स्वास्थ सरसफाइमा महिलाको भुमिका लगायतका बिषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएका छन।

कार्यक्रममा सहभागीको तर्फबाट गोरिमाया खत्री र कुन्नी कुमारी खत्रीले मन्तव्य राखेका थिए ।

कार्यक्रम महिला संजाल वडा न ४ की अध्यक्ष तुल माया निउरेको अध्यक्षता सहसचिव सुन्तली दर्जीको स्वागत र सदस्य तुलमाया घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.