सिवाईसी साकोसको दशौं स्थापना दिवस, नवाहव्यापी कार्यक्रम सहित सम्पन्न हुने !

बागलुङ २०७५ चैत १६ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो दशौं स्थापना दिवस नवाहव्यापी कार्यक्रम सहित मनाउने गरी कार्यक्रमहरु तय गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालीका वडा नं. ५ विहुँ पोखरा स्थित संस्थाको सदस्य सेवा केन्द्र विहुँमा बसेको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सदस्य सेवाकेन्द्रका संयोजक र कर्मचारीहरुको संयूक्त विस्तारीत बैठकले स्थापना दिवसलाई नवाहव्यापी रुपमा मनाउने गरी कार्यक्रमहरु तय गरेको हो ।

विस्तारीत बैठकले नवाहव्यापी कार्यक्रम यहि १९ गते पत्रकार सम्मेलनमार्फत संस्थाले सञ्चालन गरेका गतीविधिहरु र आगामी कार्यदिशा जानकारी गराई सुरुवात गर्ने निर्णय गरेको छ ।

कार्यक्रम अन्तर्गत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लि. बागलुङले आयोजना गरेको विहानी कार्यक्रम ¥यालीमा सहभागी हुने र दिनमा संस्थाको आयोजनामा सहकारी शिक्षा तालिम सञ्चालन गर्ने, २१ गते सदस्यता विस्तार अभियान अन्तर्गत सम्पूर्ण सदस्य सेवाकेन्द्रहरु घरदैलो मार्फत एकै दिनमा ७ सय जना नयाँ शेयर सदस्य थप गर्ने, २२ गते जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा अन्तरकृया कार्यक्रम, २३ गते केन्द्रिय कार्यालय अन्तर्गत महिला गोष्ठी, बुर्तिवाङ र खर्वाङ सदस्य सेवा केन्द्र अन्तर्गत मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीको सहजिकरणमा सकरात्मक सोच सम्वन्धि ५ सय जनासंग अन्तरकृया कार्यक्रम, २४ गते केन्द्रिय कार्यालय अन्तर्गत युवा सम्मेलन, हटिया र विहुँ सदस्य सेवाकेन्द्र अन्तर्गत अधिकारीकै सहजिकरणमा सकरात्मक सोंच सम्वन्धि ५ सय जनासंग अन्तरकृया कार्यक्रम, २५ गते बाल सम्मेलन र २६ गते मुल समारोह गरी नवाहव्यापी कार्यक्रम गर्ने कार्ययोजना निर्माण भएको संस्थाले जानकारी दिएको छ । संस्थाले आफ्नो दशौं स्थापना दिवसका अवसरमा कम्तीमा १० हजार मानीसहरुसंग प्रत्यक्ष रुपमा भेटघाट गरी संस्थाको प्रचार प्रसार र सेवा सुविधाका बारेमा जानकारी दिने जनाएको छ । नवहाव्यापी कार्यक्रम अन्तर्गत संस्थामा शेयर सदस्य बन्ने व्यक्तिहरुलाई प्रवेश शुल्क छुट दिने समेत संस्थाले जानकारी गराएको छ ।

विस्तारीत बैठकमा संस्थाका सदस्य सेवाकेन्दह्रु तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ, कुश्मिसेरा, बाटाकाचौर र खर्वाङका सेवाकेन्द्र प्रमुखहरुले आफ्नो सेवाकेन्द्रको हालसम्मकोे प्रगती र आगामी कार्ययोजनाका विषयमा प्रस्तुती गरेका थिए । बैठककै क्रममा २०७६ बैशाख महिनालाई सदस्यता विस्तार महिनाको रुपमा घोषण गरी एक महिना भित्र २ हजार नयाँ शेयर सदस्य थप गर्ने र सो समयमा सदस्य बन्ने व्यक्तिहरुलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । बैठकले सिवाईसी साकोसका अवका समितिका बैठक ३० मिनेट र उपसमितिका बैठकहरु ४५ मिनेट भित्र समापन गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्था जती ठुलो हुँदै गयो त्यती संस्थामा जोखिम बढ्ने भएकाले समयसापेक्ष रुपमा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । पौडेलले आ.व. ०७६।०७७ लाई विशेष गरेर संस्थाको समाथ्र्य बृद्धि, ईमेज विल्डीङ, युवा सहभागिता, सदस्यहरुको पहिलो रोजाईको संस्था, जिल्लाका ८५ वटा वडामा सकरात्मक सोंच कार्यदल गठन गरी सकरात्मक सोच अभिबृद्धि गर्ने, सदस्यहरुलाई डिस्काउन्ट कार्डको व्यवस्था, प्रविधिमैत्री सेवा लगाएतका कार्यक्रमहरुलाई प्राथामिकतामा राख्ने गरी कार्यक्रमहरु तय गरिने बताए । बैठकका अवसरमा संस्थाको केन्द्रिय कार्यालय अन्तर्गत ७ सदस्यीय सकरात्मक सोच कार्यदल समेत गठन भएको छ ।
कार्यक्रम संस्थाका सदस्य सेवाकेन्द्र विहुँका संयोजक चुडामणी शर्माको अध्यक्षता, केन्द्रिय अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यता, सदस्य सेवाकेन्द्र विहुँका सदस्य चिरञ्जीवी कँडेलको स्वागत र सदस्य सेवाकेन्द्र विहुँका कोषाध्यक्ष तुलसीदेवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालीका वडा नं. ५ का अध्यक्ष शिव कँडेल, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, संस्थाका सल्लाहाकार बद्रीप्रसाद पौडेल, सदस्य सेवा केन्द्र कुश्मिसेराका संयोजक कृष्णप्रसाद रिजाल, सदस्य सेवाकेन्द्र विहुँका सल्लाहाकार ज्ञानकुमारी श्रीस शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने बैठकको समापन संस्थाका सचिव वेदप्रसाद शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.