राजनैतिक भागवण्डा बाटै टुंगियो, बिहुँकोट अमर क्याम्पसको संचालक समिति : कांग्रेसका सुवेदी बने अध्यक्ष !

भरत सापकोटा, बागलुङ (बिहुँ) २०७५ चैत १६ । गत पुष २१गते गठन गर्न आयोजित भेलामा राजनैतिक भागबण्डा नमिलेर स्थगित गरिएको भेला गोप्य र आन्तरिक रुपमा बिभिन्न बैठकहरु बसेपनि सहमतिमा पुग्न नसकेपछि पुन आज भेलाको आयोजना गरिएको थियो । आज पनि कस्को पक्ष मा बहुमत र कस्को पहुँचमा पार्ने भन्ने बिषयले नेपाली काग्रेस र नेकपा नेता तथा कार्यकर्ता बिच चर्काचर्की भएको थियो । निक्कै बेरको खिचातानी पछि नेपाली काग्रेसले अध्क्षय सहित छ जनाको प्रस्ताव राखेपछि नेकपाले बहुमत सदस्य पाएपछि कुरा मिलेको थियो ।

भेलाबाट प्रत्यक्ष १३ जनाको समिति र रहने बिभिन्न पद स्थानिय प्रतिनिधि महिला प्रतिनिधि र विभिन्न भेगबाट गरि २५ सदस्य हुने यो समिति क्याम्पस सन्चालन र अलपत्र अवस्था रहेको निर्माण कार्यलाई तिब्रता दिने भन्दा दयनीय अवस्था रहेको बिद्यार्थी संख्यालाई बृद्धि गर्न भन्दा पदमा नै मरिहत्ते गरेको देखिन्छ। उक्त १३ जना बाट गौरिशंकर सुवेदीलाई सर्बसम्वत रुपामा अध्यक्ष धोषणा गरिएको छ भने अन्य पदको टुङ्गो अझै लाग्न सकेको छैन ।

सो समितिमा नेपाली काग्रेंस तर्फबाट गौरिशंकर सुवेदी लिलाधर कडेंल ग्यामनाथ कडेंल ग्यानकुमारी शर्मा श्रीष शर्मा, महेन्द्र कडेंल गोबिन्द वि क, नेकपाको तर्फबाट नविन प्रसाद कडेल, चिरन्जिवी कडेंल डिल्लि प्रसाद कडेंल डिल बहादुर वि क, ठाकुर प्रसाद कडेंल हिरा कडेंल, तुलसिराम कडेल रहेका छन् ।

३०जना विद्यार्थीहरु भर्ना भएको यस क्याम्पसमा बिद्यार्थीहरु संख्या निक्कै कमी भईरहेको बर्तमान अवस्थामा आज गठित संचालक समितिलाई क्याम्पस निर्माण र विद्यार्थीहरु संकलन गर्न फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ।

क्याम्पस सन्चालन गर्न आर्थिक र भौतिक अवस्थाको जोह गर्न २०७३ सालमा महायज्ञ सन्चालन गरि रु ३ करोड ७ लाख रुपैया संकलन गरि कुल बचत रु २ करोड ७०लाख रहेपनि भौतिक निर्माण र प्राध्यापकहरुको तलब दिदा यो रकमले कति समय सम्म चल्ला भन्ने प्रश्न समेत खड्किन थालेको छ । भौतिक निर्माणको लागि केन्द्र सरकार र प्रदेश सरकारलाई गुहार्न सकेन र राष्ट्रिय बजेट ल्याउन नसक्ने हो भने केहि समयमा नै आर्थिक संकटमा पर्ने निश्चित देखिन्छ। निबर्तंमान अध्यक्ष गोबिन्द प्रसाद कडेलको अध्यक्षता सम्पन्न कार्यक्रमको संन्चालन क्याम्पस प्रमुख केशव कडेंलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.