डिसीआरडिसीको अध्यक्षमा सृजना थापा चयन, सचिवका उमेदवार कँडेलव्दारा असन्तुष्टी व्यक्त !

कोपिला कंडेलु बागलुङ २०७५ चैत १६ । धौलागिरी सामुदायिक श्रोत बिकास केन्द्र डिसीआरडिसी बागलुङको अध्यक्षमा सृजना थापा निर्वाचित भएकी छिन् । संस्थाको २३ औ साधारण सभा तथा १२ औ अधिवेशनले थापाको अध्यक्षतामा १२ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मिना पन्त सचिव भिमसेन पन्त सहसचिव प्रकाश पौडेल र कोषाध्यक्षमा सुस्मिता किसान रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा जित बहादुर सार्की दिपक जङ्ग राजभण्डारी पिङ्गलराज पन्त सुमन शर्मा कल्पना श्रेष्ठ घनश्याम सापकोटा र भिम कुमारी आचार्य चयन भएका छन् ।

यसैबिच धौलागिरी सामुदायिक श्रोत बिकास केन्द्र बागलुङ्गको सचिव पदका उम्मेद्वार तुलसीराम कंडेलले संस्थाको २३ औ साधारण सभा तथा ७ औ अधिवेशनमा संस्थाले नियम बिपरीत कार्य गरेको भन्दै आपत्ति जनाएका छन् । कंडेलले एक बिज्ञप्ती प्रकाशित गरी नियमअनुसार आफु सचिव पदमा निर्बिरोध निर्वाचित हुनुपर्नेमा संस्थाका निवर्तमान अध्यक्ष ईश्वर राजभण्डारी लगायतले सरकारी कर्मचारीलाई सचिव नियुक्त गरेकोमा आपत्ती जनाएका छन । कंडेलद्धारा हस्ताक्षेरित बिज्ञप्तीमा संस्थाको नियम पद्धती र बिधानलाई बेवास्ता गर्दै कानुन बमोजिम आफु सचिव हुन पाउनुपर्नेमा कानुन बिपरित सरकारी कर्मचारीलाई सचिव पदमा ल्याई आर्थिक अनियमितताको ढाकछोप गर्न खोजिएको उल्लेख छ । संस्थाको बिधानमा उल्लेखित कार्य समिति सदस्य समेत कम निर्वाचित गर्ने कार्य नियम बिपरित छ, बिज्ञप्तीमा भनिएको छ,गैरसरकारी संस्था महासघंको यस संस्था महासघंको आचारसंहिता र नेपाल सरकारको कानुन विपरित भएका गतिविधी र निर्वाचन प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउछु ।

यता धौलागिरी सामुदायिक श्रोत बिकास केन्द्र डिसीआरडिसीका निवर्तमान अध्यक्ष ईश्वर राजभण्डारीले भने कंडेल माथि संस्थाले कुनै अन्याय नगरेको बताए । सचिव पदको लागि निर्वाचन प्रक्रियामा भाग लिएको र निर्वाचन हारेपछि बिज्ञप्ती निकालेको आरोप राजभण्डारीले बताए ।

निर्वाचन प्रक्रियामा सहभागी नभई आवाज उठाएको भए सुहाउदो हुन्थ्यो उनले भने, चुनाव हारीसकेपछि बिरोध गर्नुको कुनै अर्थ छैन । उनले संस्था बिधान संमत रुपमानै संचालन भएको दाबी समेत गरे । सचिव पदमा तुलसीराम कंडेल र भिमसेन पन्त बिच प्रतिस्पर्धा भएको थियो । प्राप्त नतिजा अनुसार पन्तको ७७ मत र कंडेलको ७ मत आएको राजभण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.