योजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धि २ दिने लैङगिक सचेतना कार्यक्रमको उदघाटन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ चैत १६ । गल्कोट नगरपालिका नगरकार्यपालिकाको आयोजनामा गल्कोटमा आयोजना गरिएको योजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धि २ दिने लैङगिक सचेतना कार्यक्रमको उदघाटन गर्दै गल्कोट नगरपालिकाकी नगरउपप्रमुख रेनुका काउचा मगरले महिलाप्रतिनिधिबाट राखेका आशा र अपेक्षा अनुसार काम गर्न नसकेको बताएकी छिन् । ्

उनले महिलाहरुको कार्यक्रमका लागि बिनियोजन भएको रकम समेत भौतिक ब्यवस्थापनमा खर्च गर्ने परिपाटीले महिला जनप्रतिनिधिले अपेक्षा अनुरुपको कार्य गर्न नसकेको बताईन ।

निर्वाचन भएको २ बर्षमा महिलाहरुका हरेक समस्या नजिकबाट बुझेको भन्दै काउचा मगरले आगामी बर्षको कार्यक्रम महिला मैत्री बनाउने बताईन् । काउचा मगरले प्रत्येक महिलाहरुको मन मनमा बसेर काम गर्ने ईच्छा भएको भन्दै अबका दिनमा कार्यक्रम महिलाहरुले अपेक्षा गरे अनुसारको हुने स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक लक्ष्मी जिसी कार्कीले नेपालका राजनैतिक दलले भौतिक बिकासलाई मात्रै जोड दिने गरेको बताउदैकार्कीले मानवशयि बिकास नभएसम्म भौतिक बिकासको अर्थ नहुने स्पष्ट पारिन् ।

सरकारले समावेशी कार्यक्रम ल्याउन नसकेको भन्दै महिलाहरु पछि परेको आरोप उनको थियो । उनले लैङगिक सचेतना कार्यक्रमले गल्कोटका महिला जनप्रतिनिधिहरुलाई आगामि बर्षको कार्यक्रम तय गर्न सजिलो हुने बताईन ।

कार्यक्रममा गल्कोट नगरपालिकाका महिला जनप्रतिनिधि, बिभिन्न संघ संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा कस्ता खाले योजना समावेश गर्ने, योजना महिलामैत्री र प्रभावकारी कसरी बनाउने लगायतका बिषयमा प्रमुख प्रशिक्षक जिसी कार्की र साहायक प्रशिक्षक शर्मिला थापा क्षेत्रीले सहजिकरण गरेका छन् ।

कार्यक्रम गलकोट नगरपालिका नगरकार्यपालिका सदस्य राधिका पुनको अध्यक्षता, प्रशासकीय अधिकृत तुल बहादुर बिकको स्वागत मन्तब्य र अमित परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.