ताराखोलामा नमुना कृषि गाउँ कार्यक्रम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ चैत १५ । ताराखोला गाउँ पालिका वडा न ५ करिमेलामा मुख्यमन्त्री बाताबरण मैत्री नमुना कृषि गाउँ
सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद चन्द्र बहादुर बुढा सागरले कृषिलाई आधुनिकीकरण गर्दै ग्रामीणस्तरमा रहेका कृषकहरुको आर्थिक अबस्थामा सुधार ल्याउन गण्डकी प्रदेशबाट चालू आ ब मा मुख्यमन्त्री बाताबरण मैत्री नमुना कृषि गाउँ छनोट गरि कार्यक्रम अगाडि बढाउन लागिएको बताए । उनले यस बर्ष गण्डकी प्रदेशका ३६ नमुना गाउँ मध्य बागलुङ जिल्ला का ४ गाउँ नमुना कृषि गाउका रुपमा छनोट भएको बन्दै आगामी बर्ष अन्य गाउँहरु थप्ने लक्ष्य रहेको पनि बताए ।

कृषि क्षेत्रको दिगो बिकास , स्रोत साधनको उचित ब्यबस्थापन ,उत्पादन ,उत्पादकत्व र गुणस्तर अभिबृद्दी,समुदायको दिगो खाद्य सुरक्षा ,महिला उद्यमशिलताको बिकास जलबायु तथा बाताबरण मैत्री कृषि प्रविधि असल अभ्यास सरल सहज र पारदर्शी बजार ब्यबस्थापन जस्ता उदेश्य राखेर गण्डकी प्रदेशले नमुना कृषि गाउँ छनोट गरि कार्यक्रम ल्यायको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सोही अबसरमा बोल्दै कृषि ज्ञानकेन्द्र पर्बतका प्रमुख बासुदेब रेग्मीले ताराखोला गाउँपालिका पहिले पनि कृषिका हिसाबले अब्बल क्षेत्र रहेको र अहिले कृषि नमुना गाउँ छनोटले कृषि तर्फ थप प्रगती गरि साच्चिकै नमुना कृषि गाउँ बनाउन अनुरोध गरे ।

कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष जित बहादुर खत्री ,जनएकता बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष धन बहादुर बि क लगायतले मन्तव्य राखेका थिए ।

ताराखोला गाउँपालिका वडा न ५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी सस्था मार्फत उक्त कार्यक्रम संचालन गरिने सस्थाका अध्यक्ष धन बहादुर बि कले जनाए ।

नमुना कृषि गाउँ छनोट संगै कृषि कार्यक्रम सन्चालनका लागि यस बर्ष गण्डकी प्रदेशबाट कृषि ज्ञान केन्द्र मार्फत ३० लाख बजेट बिनियोजन भएको अध्यक्ष बि कले जानकारी दिए।

कार्यक्रम वडा न ५ का वडा अध्यक्ष राम बहादुर रोकाको अध्यक्षता , सहकारी सस्थाकी कार्यसमिति सदस्य तुलमाया निउरेको स्वागत र कृषि ज्ञान केन्द्र पर्बतका लेखा अधिकृत गौरव दास बैरागीको सन्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.