नमुना विद्यालय संचालनको लागि लहरेपिपल माविमा अभिभावक भेला !

कृष्णप्रसाद सापकोटा, बागलुङ २०७५ चैत १५ । बानपा ६ लहरेपिपल माध्यामिक विद्यालयमा अभिभावक भेला तथा शैक्षिक सत्र २०७५को कक्षा नर्सरी देखि ९ सम्मको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०७६ देखि आवासीय सुविधा सहितको नमुना विद्यालय संचालन गर्न लागेको विद्यालयले नतिजा प्रकाशन सगै अभिभावक भेला गरेको जनाएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका वर्डा नं ६का अध्यक्ष खिमराज सापकोटाले विद्यालयले अगाडि सारेको कार्यक्रममा सवै अभिभावक तथा वडा बासीले सहयोग गर्न आग्रह गर्दै यो ऐतिहासिक कार्यमा आफु र बागलुङ नगरपालिकाको तर्फ देखी भरपुर सहयोग रहने बताए । यसै कार्यको लागि आफ्नो पहलमा बागलुङ नगरपालिका देखी विद्यालय वस खरिदको लागि १९ लाख तथा विद्यालयको भौतिक अवस्था सुधारको निम्ती बा.न.पा. ६ देखी रु ७ लाख विनियोजन गरेको बताए ।

अवका दिनमा कुनै पनी शैक्षिक सस्थाहरुको भन्दा कमी नहुने गरि निशुल्क गुणस्तरिय शिक्षा दिने तयारीका साथ लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर केसीले बताए । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कम हुने भन्दै सहरका निजि शैक्षिक संस्थाहरुमा अध्यापन गराउदै आएका अभिभावकलाई आफ्ना बालवालिकालाई यसै विद्यालयमा पठाउन उनको आग्रह थियो ।

कार्यक्रममा नमुना विद्यायल संचालन समितिका अध्यक्ष रुद्रनारायण शर्मा तथा अभिभावकको तर्फ देखी सुमित्रा किसानले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक महेश्वर आचार्यले गरेका थिए ।
त्यसै गरि विद्यालयले गुणस्तरिण तथा आवासीय सुविधाका साथ नमुना विद्यालय संचालनको लागि स्वेच्छिक चन्दा संकलनको लागि घर दैलो अभियान समेत संचालन गरेको छ । चैत्र १० गते बाट सुरु गरेको अभियानमा हाल सम्म करिव ८ लाख चन्दा संकलन गरेको शिक्षक महेश्वर आचार्यले बताए ।

गरिव बालबालिकाले पनी निशुल्क गुणस्तरिय शिक्षा पाउने भएपछि अभिभावकले घरदैलो अभियानमा विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ४सम्म पुर्ण अग्रेजी माध्यममा पठनपाठन गराउने समेत तयारी गरेको र स्कुलको बस समेत खरिद गरिसकेको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.