चैत महिनाको सुरुमै देखियो बुर्तिवाङ बजारमा खानेपानीको समस्या !

बुर्तिवाङ २०७५ चैत १४ । बुर्तिवाङ बजारमा बढ्दो जनघनत्व बीच बर्षेनी स्थानीयवासीलाई खानेपानीको समस्यासंग जुझी रहनु परेको छ । चैत महिनाको प्रारम्भ देखी नै बुर्तिवाङ बजारवासी गृहिणीहरु खानेपानीको अभावबाट पिरोलिन थालेका छन् ।

बिगतका बर्षहरुमा जस्तै यसबर्षपनी बुर्तिबा बजारबासी एक गाग्री पानी लिनका निम्ती टाढा, टाढा पुग्नुपर्ने बाध्यता सृजना भएको छ ।
चैत्र महिना अगाडी बिहान ७ देखि १० बजेसम्म पानी धारामा आउने गरेपनी पछिल्लो समय कुनै घरमा केहि समय आउने तर अधिकाँशको घरमा पानीको थोपानै नचुहिने समस्याले बजारबासी खानेपानीको चर्का मारमा परेका हुन् ।

खानेपानी समस्याका बारेमा न वडामा निर्वाचित जनप्रतिनिधीको ध्यान पुगेको छ नत ढोरपाटन नगरपालिकाको, बजारमा खानेपानी व्यवस्थापन भनेर रकम विनियोजन गरेपनी विनियोजित बजेट अनुसारको काम भएको देखिँदैन् ।

उता विगत लामो समयदेखि आर्थिक आय–व्यय समेत प्रस्तुत नगरी मनलाग्दी खानेपनी जडान गर्दे आएको बुर्तिबाङ खानेपानी उपभोक्ता नामको समिती सुषुप्त अवस्थामा छ । सुषुप्त अवस्थामा रहेको यो समितीले खानेपानी योजनाको आयव्यय प्रस्तुत गर्न पनि नपर्ने उपभोक्तालाई परेको खानेपानी समस्यालाई सल्टाउन पनि नपर्ने, कुम्भकर्ण बनेको यस्तो समितिको अध्यक्षमा ढोरपाटन नगरपालिकाले सुटुक्क पुरानै समितीका अध्यक्ष पूर्णबहादुर विकलाईनै पुन अध्यक्ष बनाए पछी चर्चा उपचर्चा बुर्तिवाङ बजारमा चल्नु स्वाभाविकै हो ।

यतिवेला बजारबासी, बोर्डिङ्ग, स्कुल व्यक्तिगत लगानिमा लिइएका धारा, तथा आसपासका गाउँमा पानी लिन जाने गरेका छन् । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.