चैत १५ गते देखी छुट तथा पुन जाँच सर्वेक्षण,अनुगमन, सहयोग सन्चालन गरिने !

बागलुुङ २०७५ चैत १३ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) बागलुङको आयोजनामा आज विहान बसेको बैठकले छुट तथा पुन जाँच सर्वेक्षण सन्चालन र अनुगमन तथा आवश्यक सहयोग सम्वन्धी दुई प्रस्ताव पारीत गरेको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षतामा बसेको थियो ।

बैठकले गरेको छुट तथा पुन जाँच सर्वेक्षण यहि चैत १५ गतेबाट प्रत्यक स्थानीय तहमा निजी आवास तथा पुननिर्माण कार्यका लागी ईन्जिनियरहरुलाई फिल्डमा खटाई सन्चालन गर्ने र उक्त कार्यमा दवाबरहीत वातावरणको सिर्जना गरी व्यवस्थित तथा प्रभावकारी तवरले वास्तविक भूकम्प पीडित छुट नहुन भन्ने उद्देश्यले सबै स्थानीय तह नगरपालिका गाउपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरुलाई छुट तथा पुन जाँच सर्वेक्षणमा सहयोग गर्न अनुरोध गर्नुका साथै सबै स्थानीय तहमा यहि चैत १५ गते देखी एकैसाथ सन्चालन गर्ने निर्णय गरेको छ ।

बैठकमा जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्त, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रामभक्त भट्टराई, जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) बागलुङका प्रमुख उमेशकुमार चौधरी, शहरी विकासका सीडिई सचिन्द्र कुमार देव, कोषा तथा लेखा नियन्धक केशव बराल लगायत विभिन्न कार्यालय प्रमुख एवं प्रतिनिधीहरुको को उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.