बोँगादोभान स्थित जनजागृति माबि परीक्षा केन्द्रको निरीक्षण अवलोकन !

बुर्तिवाङ २०७५ चैत १३ । ईलाका प्रशासन कार्यालय बुर्तिवाङका प्रमुख अमृत सुवेदी, ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादव लगायतको टोलीले जारी माध्यमिक शिक्षा परीक्षाको जनजागृति मावि परीक्षा केन्द्रको अवलोकन निरीक्षण गरेको छ । परीक्षा शान्तिपूर्वक सम्पन्न भएको ईलाका प्रशासन प्रमुख सुवेदीले जानकारी दिए ।

केन्द्राध्यक्ष एवं जनजागृति माबिका प्रधानाध्यापक प्रेमबहादुर खडकाका अनुसार सो केन्द्रबाट प्रकाश मावि हुन्द्राफेदीका ६७, धनगौ ज्योति माबि तमानका २७, शान्ति माबि खुँखानीका ३१ र छोरेगाउँ माबिका २६ गरी जम्मा १५१ जना परीक्षार्थीले आज गणितको परीक्षा दिएका छन् । परीक्षार्थीहरु मध्य छात्रको संख्या ६२ र छात्राको संख्या ८९ रहेको छ । नयाँ स्तर बृद्धि तर्फ प्रकाश माविका १ जना रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.