माध्यमिक शिक्षा परीक्षा : समन्वय समितिव्दारा गल्कोट र बडीगाडका परीक्षा केन्द्रहरुको निरीक्षण !

बागलुङ २०७५ चैत १३ । माध्यमिक शिक्षा परीक्षाको आज तेश्रो दिन गणित विषयको परीक्षा सन्चालन भैरहेको छ । परीक्षार्थीहरुका लागि विशेष गहन विषयको रुपमा लिईने गणित विषयको परीक्षा चलिरहेकै समयमा माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल तथा सदस्यहरु प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, शिक्षा विकास समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्याय सहितको टोली गल्कोट क्षोत्रका परीक्षा केन्द्रहरुको निरीक्षणमा पुगेको छ ।

ईबागलुङ सहकर्मीहरुले दिएको जानकारी अनुसार टोलीले गल्कोट नगरपालिकाको नरेठाँटी स्थित महेन्द्र माध्यमिक विद्यालय, गल्कोट हटिया स्थित गल्कोट मावि, गल्कोट काँडेवास स्थित शिव माध्यमिक बिद्यालय परीक्षा केन्द्रको निरीक्षण गरेको छ ।

परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रजिअ खरेलले आज निरीक्षण गरिएका परीक्षा केन्द्रहरुमा गणित विषयको परीक्षा मर्यादितरुपमा जारी रहेको ईबागलुङलाई बताए ।

स्मरणीय छ, गल्कोट २ नरेठाँटी स्थित महेन्द्र माध्यमिक बिद्यालय केन्द्रबाट चौराह, सरस्बती, गल्कोट र खरुवा माध्यमिक बिद्यालय तथा दुदिलाभाटी ईङ्लीस स्कुल र एरा मदरल्याड बोडिङ स्कुल गरी ६ बिद्यालयका बिद्यार्थी सहभागी भएका छन् ।

यसैगरी गःकोट माद्यमिक बिद्यालय हटिया परीक्षा केन्द्रबाट शिब, न्युलाईफ, नभप्रभात, महेन्द्र, गोल्डेन फ्युचर, पृथ्बी माध्यमिक बिद्यालय गरि ६ बिद्यायका बिद्यार्थीहरु परीक्षामा सम्मिलित भएका छन् ।

शिब माध्यमिक बिद्यालय काँडेवास केन्द्रबाट जनजागृति, भैरब, जनहित र गल्कोट ईग्लिस स्कुलका बिद्याथीले परिक्षामा सहभागिता जनाएकां छन् ।

अपडेट : बिहान १०.१० बजे

बडीगाडबाट सहकर्मी दिनेश शर्माका अनुसार टोलीले त्रिभुवन मावि खर्वाङ र ग्वालिचौर स्थित भानु मावि परीक्षा केन्द्रकाे निरीक्षण अवलोकन गरेको छ । त्रिभुवन र भानु मावि परीक्षा केन्द्रबाट क्रमश १९७ र २५७ जना विद्यार्थीहरुले परीक्षा दिईरहेका छन् ।
भानु मावि परीक्षा केन्द्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.