सुआहाराद्वारा रणसिँहकिटेनीमा २ दिने साथी सहजकर्ता तालिम सप्पन्न !

हेम विश्वकर्मा, बडीगाड २०७५ चैत १२ । बडीगाड गाउँपालिका वडा नम्बर ८ रणसिंहकिटेनिमा पोषण सम्बन्धी २ दिने साथी सहजकर्ता तालिम सप्पन्न भएको छ ।

सुआहारा परियोजना दोस्रो कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सुनौलो हजार दिनका महिलाहरुलाई मातृ शिशु तथा बाल्यकालिन पोषण परामर्श सेवालाई थप प्रभाबकारी बनाई महिला, किशोरी, बालबालिका तथा घर परिवारको पोषण सम्बन्धी व्यवहार परिवर्तन र स्वास्थ्य सरसफाइका लागि साथी सहजकर्ता तालिम आयोजना गरिएकोको हो ।

हिजो देखि सुरु भएको उक्त तालिममा सुनौलो हजार दिनका महिलाहरूलाई स्वास्थ्य पोषण सरसफाइ सम्बन्धि बिषयमा प्रभावकारि प्रशिक्षण दिईएको छ । हरेक बार खाना चार, गर्भ जाँच, फोलिक एसिड , आइरन चक्की, स्वास्थ्य संस्थामा नै सुत्केरी, परिवार नियोजनका अस्थायी साधनको प्रयोग, पूर्ण स्तनपान, पानी शुद्धीकरणका विधि, किशोरी, गर्भवति र बच्चाको खानामा विविधीकरण साथै जोखिमपूर्ण अवस्थामा अनिबार्य साबुनपानीले हात धुनुपर्ने लगाएतका स्वास्थ्य र पोषण सम्बन्धी छलफल गरिएको थियो।

सहभागीहरुले आफुहरुलाई ज्ञान नभएको कारण पहिले आइरन चक्की नखाएको, गर्भ जाँच समेत समयमा नगरेको र यो तालिम पश्चात उनिहरुले गर्भावस्थाको जोखिम र पोषणको बारे धेरै जानकारी पाएको भन्दै खुसी ब्यक्त गरे। तालिममा सिकेका सबै कुरा समुदाय स्तरमा गएर अरुलाई पनि प्रेरित गर्ने र आफुले पनि ब्यबहारमा लागू गर्ने सहभागीको प्रतिबद्धता थियो ।

सहभागी मध्येको वडा न। ८ की दलित महिला सदस्य सुनिता सुनार समेत रहेकी थिईन् ।

तालिममा रणसिंहकिटेनी स्वास्थ्य चौकीका अ।न।मि यमुना पुन , सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर देबी घर्ती , पोषण सहजकर्ता लक्ष्मी पाइजा लगाएतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य सेवाको पहुँच देखि टाढा रहेको समुदायमा पोषण सुधार सम्बन्धि यो तालिम धेरै प्रभाबकारी भएकाले आगामी दिनमा व्यबहार परिवर्तन हुने अपेक्षा राखिएको छ । तालिमको मुख्य सहजीकरण फिल्ड सुपरभाइजर देबी घर्तीको रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.