जैमिनी- ५ विनामारेमा चट्याङ परेर रू ५ लाख भन्दा वढिको क्षती !

निर्मल पौडेल, कुस्मीसेरा २०७५ चैत १२ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नंम्वर ५ विनामारेमा चट्याङले ५ लाख भन्दा वढिको क्षती भएको छ ।

मंगलवार दिउसो करिव पौने ३ वजेको समयमा हावाहुरी सहित पानी परेको वेला परेको चट्याङले विनामारे ५ पुजारीथरका गंगा दत्त उपाध्यायको घरमा क्षती भएको हो । चट्याङले उपाध्यायको घरमा टि.भि फुटेको, मिटरवक्स पड्कनुका साथै २ सय मिटर विजुलीको तार जलेको र घरको भित्ता चर्किएको छ । भौतिक क्षती भएपनि मानवीय क्षती हुन नपाएको स्थानिय शंकर आचार्यले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *