बरेङ गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मासंग ईबागलुङको कुराकानी !
बिषयगत बिज्ञहरुको सुझाबमा गुरुयोजना बनाएर गाउपालिकाको विकासमा अगाडी बढेका छौं : अध्यक्ष शर्मा

शेखर थापा, बरेङ बागलुङ २०७५ चैत १२ । बागलुङ जिल्लाको दक्षिणमा रहेको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बिकासका बिभिन्न बिषयमा बिषयगत बिज्ञहरुको सुझाबमा गुरुयोजना बनाएर अगाडी बढेको र अब बाँकी ३ बर्षको कार्यकालमा गाँउपालिकालाई सुखी र सम्बृद्धि उन्मुख बनाउने बताएका छन् । ईबागलुङ संगको कुराकानी (अन्तरवार्ता)मा शर्माले यस्तो बताएका हुन ।

शर्माले भनेका छन् “मैले निर्बाचन ताका घोषणा पत्रको १ नं. बुदामानै भनेको थिएकी शिक्षा, स्वास्थ्य, यातायात, कृषि, पर्यटन लगायतका बिषयगत बिज्ञहरुको भेला गरेर उनिहरुले दिएको सुझावलाई आधार मान्दै यहाँका बिकास निर्माणका कार्यलाई अगाडि बढाईने छ, सोहि अनुरुप गुरु योजना निर्माण तथा डिपिआर गरेर अहिले अगाडि बढेका छौं ।” शर्माले थपेका छन् “हाम्रो स्थानिय तह सदरमुकाम र सडक सञ्जालबाट अलि टाढा भएका कारण गाँउपालिकाको केन्द्र देखि सदरमुकाम र प्रदेशमुकाम जोड्ने सडक सञ्जाललाई प्राथमिकताका साथ अगाडि बढाएका छौं, त्यस्तै पालिकाको सबै वडालाई जोडेर रिङ रोडको निर्माण गर्ने योजना दोस्रो प्राथमिकतामा छ जसको काम गत बर्षदेखिनै भैरहेको छ र बिभिन्न वडाका बिभिन्न खण्डमा काम पुरा हुने चरणमा रहेका छन् ।”

पहाडी ईलाका बिषेश गरि गाँउपालिका अन्र्तगतको सिग्दी, अर्लाङतुङ, बरेङ बजार र सुखौरामा खानेपानीको समस्या रहेको उल्लेख गर्दै शर्माले भने “गाँउपालिकाको साझेदारीमा बिषेश खाले योजनाको माग गरि त्यसलाई डिपिआर गरि ती योजनाहरु कुनै उपभोक्ता त कुनै टेण्डर प्रकृयाबाट अगाडि बढेका छन्, हामी छिटै योजना पुरा गरि जनतालाई सहज खानेपानि उपलब्ध गराउने पहलमा छौं ।”

बरेङ गाँउपालिका भित्र पर्यटनको प्रचुर संभावनाहरु रहेका कारण ती संभावनाहरुलाई पालिकाभर सुक्ष्म रुपमा अध्ययन गरेर कौडेको लेक, सिग्दी लगायतका स्थानमा होमस्टे तथा पदमार्ग र साँस्कृतिक भवनहरुको निर्माण, त्यस्तै बाटाकाचौरमा रहेको सत्यवति मन्दिरको प्रर्बद्धनमा बिशेष योजनाका साथ काम भैरहेको अध्यक्ष शर्माले बताए ।

बाटो घाटो र खानेपानिको काम मात्र बिकास हो भन्ने आम जनमानसमा रहेको भन्दै त्यसलाई परिर्बतन गर्दै मानब संसाधान बिकास पनि बिकासको मुख्य पाटो हो भन्ने देखाउन हामी लागि परेका छौं शर्माले थपे “शैक्षिक गुणस्तर बृद्धिका लागि पालिकाभर बिद्यालयमा जङक फुडको नियन्त्रण गर्ने, बाल कक्षालाई व्यवस्थित गर्ने, अनुदानमा शैक्षिक संरचनाहरुको निर्माण गर्ने लगायतका कार्यहरुलाई अगाडि बढाएका छौं ।”
जनतालाई सम्बृद्ध बनाउने ठुलो संभावना बोकेको क्षेत्र भनेको कृषि र पशुपालनको क्षेत्र रहेकाले त्यसलाई पुरा गर्न पालिकाले ठूलो लगानीमा बिभिन्न पकेट क्षेत्र निर्धारण अगाडि बढेको शर्माले बताएका छन्, उनले भनेका छन् “वडा नं. ५ सुखौरालाई आलु पकेट क्षत्र, वडा नं. ४ सल्यानलाई बाख्रा पालन पकेट क्षत्र, वडा नं. ३ बाटाकाचौर लाई सुन्तला पकेट क्षेत्र, वडा नं. २ हुग्दिशिरलाई अलैची पकेट क्षेत्र र वडा नं. १ धुल्लुबाँस्कोटलाई नर्सरी पकेट क्षेत्र निर्धारण गरेर अगाडी बढेका छौं ।”

बाँकी कार्यकालका आगामी ३ बर्ष भित्र यी योजनाहरुलाई हदै सम्म पुरा गर्न आफु लागिपरेको र सकेसम्म पुरा गरेरै छाड्ने शर्माको भनाई छ ।
प्रस्तुत छ, सहकर्मी शेखर थापाले अध्यक्ष शर्मासंग गरेको कुराकानी (अन्तरवार्ता) चलदृश्य ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.