समयको दासी मानव !

शीला पाण्डे

समय सधै परिवर्तनशील छ ,जसरी घडीले सुइको इसारामा बिस्तारै बिस्तारै दिनलाइ बिट् मार्दै जान्छ,र अर्को दिनको तयारीमा रातलाइ अ्ङ्गाल्न पुग्छ। जुन यो युगौ युग पहिला देखि बाट नै चल्दै आएको परिचक्र हो। जीवनमा केही यस्ता क्षणहरु हुने,गर्दा रहेछन् ! जुनले गर्दा जिन्दगीभरी हरेक कुरा बिर्सेर अगाडि बढिरहनु पर्ने हुन्छ। जिन्दगी एक अनौठो जीवनचक्र हो जस्ले आफ्नो लागि भन्दा पनि अरुको लागि केही गर्नु पर्दछ भन्ने सोच मनमा राख्नु जरुरी हुन्छ।

सधै एक नाश नहुने परिस्थिति झन झन बिकराल बन्दै जान्छ जुन समय सङ्गै चल्न सकिएन भने हरेक मानब जीवनमा चल्ने चल्ती, चलनहरु जुन सधैं भरि सम्झिरहन योग्य पनि समयले नै बनाउदो रहेछ । जसरी यहि समयले कसैलाई पनि पच्छेपात नगरी समान समय प्रदान गरिरहेको छ र,त कैयौ मान्छे जीव जन्तु लगाएतका बस्तुहरु यहि समयको दाषि बनिरहेका छ्न। समय को नै बहस चलिरहेको छ सबै तिर, त्यसरी नै कैयौ मानव जातिले पनि मानव प्रती गर्ने व्यबहार एकै त पक्कै छैन तर पनि कसै माथी कसैले हैकम जमाउन सक्ला नसक्ला त्यो त उनिहरुमा नै भर पर्ने कुरा हो। जसरी समयको दासी बन्दा बन्दै ,यो अभौतिक मनले तिम्रै बारेमा सोच्न बाध्य बनाएको छ `नि´ यहि समयले खेलेको खेलको परिणाम स्वारुप दिएको उपहार हो।सबै मान्छेलाई जस्तै,यो मेरो मनले तिमी प्रती महत्व नदिएको भए सायद बारम्बार तिम्रो बारेमा सोच्नै पर्दैन थियो । बिचरा मनले किन नसोचोस सोच्नु पनि कहि कतै प्रगाढ भएर जोडियौ र त सोच्यो नि मनले हैन भने त अरुको बारेमा पनि सोच्नु पर्ने होनि हैन र????

जहाँ कि तिमीलाइ नसोची एकछिन पनि खाली बस्न मान्दै मान्दैन यो मन मान्ने कुरा त ठुलो नै भयो कोशिस पनि गर्नै खोज्दैन,किनकी तिमिलाइ यो मनले कहिलै गुमाउन चाहादैन, जति पनि तिम्रै यादले जुराएका शब्दहरु छन् नि, सबै तिमी प्रतिनै समर्पित गर्न चाहान्छु।
यदि मेरो मनमा तिमी प्रति कुनै पनि शब्दहरु रचना नभैदिएको भए कसरी अक्षर बनाउन सक्थेर यिनै शब्दहरुको जमघट नभैदिएको कसरी लेख लेख्न सक्थेर,धन्यवाद छ तिमिलाइ जुन थोरै समयको भए पनि समिप्यता प्रदान गरेउ जुन मैले विनम्रताका साथ सब्दहरु पाठक समक्ष अर्पण गर्न सक्ने भए। मैले तिमीलाइ बारम्बार आफ्नो सम्झी रहेकी छु र पो तिमिलाइ बोलाउन प्रयेत्न गर्छु,तिम्रै बारेमा सोच्छु,
तिमीलाइ बारम्बार बोलाए जस्तै गरेर मलाइ पनि बोलाउने यो जनमानसमा असंख्य नै ब्याक्ति होलान् तर जुनले मलाइ वास्ता गर्छ उस्लाइ मैले वास्ता गर्दिन जस्लाइ मैले वास्ता गर्छु उस्ले मलाइ वास्ता गर्दैन ,त्यसैले त समयले मान्छेलाइ दासी बनाइ रहेको छ। त्यसैले त मान्छे र समय बिच धेरै भिन्नता छ! समयले सबैलाइ समान समय प्रदान गरिरहेको हुन्छ भने मान्छेले मान्छे ,मान्छे बिच गर्ने व्याबहार फरक छ त्यसैको उपज त होनि तिम्रो र मेरो सम्बन्ध पनि जुनलाइ केही वास्ता नै छैन त्यही सम्बन्धको पछि म दौडी रहेको छु, साचिकै यो मन पनि कति अचम्मको छ खाली तिम्रै बारेमा दिमाख घुमाउने र तिम्रै बारेमा मनमा उत्पन्न शब्द शब्दहरू बिच झगडा गराउने अनि हावा हुरि चलाउने साचिकै यो तुफानले मलाइ आनन्दसङ्ग एकछिन पनि बस्न दिएको छैन, हैन’मन पनि कति जिद्दी भाको हो हुनु पनि जुन कुराले कसैलाइ प्रभाव नै पार्दैन तेहि कुरामा जित गरि रहने’यो तिम्रो यादलाई मैले शक्तिशाली यन्त्रमा परिणत गर्न सक्ने क्षमता मिलोस त्यो दिनमा मैले सन्सार जितेको अनुभुती गर्ने छु र तिमी प्रतिका मेरा मनका भावनाहरु भन्न सक्ने क्षमतावान बन्नेछु।

जीवन जिउने क्रम्मा सबै ठाँउमा सफलता मिल्नु नै पर्छ भन्ने सोच राख्नु आफैमा गलत हो उकालोमा उक्लिदै गर्दा गाह्रो हुन्छ माथी जान्छु भन्दा खुट्टा तल झर्न सक्छ त्यो कुनै पनि ठुलो कुरा हैन तर आफ्नो मनबाट बिश्वास लिनु पर्छ मैले एक दुई पटक असफल भए पनि अर्को ,अर्को पटक सफल अबश्य हुनेछु ,भन्ने सोच मनमा हुनु जरुरी छ। त्यसैले यो मेरो लेख हजुरहरु समक्ष प्रस्तुत गरेकी छु सल्लाह सुझावको अपेक्षा गर्दछु ।

२०७५ चैत ११ ।
पर्वत

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.