ड्यूटीमा खटिएका ट्राफिक प्रहरीमाथी हातपात गर्ने दुई सवारी चालक प्रहरी नियन्त्रणमा !

बागलुङ २०७५ चैत १० । बिना ईजाजत क्षमता भन्दा बढी भारमा सवारी साधन चलाउने दुई जना सवारी चालकलाई सम्झाई बुझाई गर्दा उल्टै ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई हातपात गरेकाले नियन्त्रणमा लिएर शान्ति सुरक्षा बिरुद्धको कसूरमा म्याद थप गरी कार्वाही चलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आज विहान बागलुङ नगरपालिका १० गलुवामा जिल्ला ट्राफिक कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा बागलुङ नगरपालिका १३ बस्ने वर्ष १८ का चालक शिव रिजालले ग २ च ८७१० को निजी बोलेरो पीकअप र जैमिनी नगरपालिका बस्ने वर्ष ३१ को चालक धनबहादुर क्षत्रीले चलाएको ग २ च ९८२ को बोलेरो पीकअप जीप बिना ईजाजत क्षमता भन्दा बढी भारमा सवारी साधन चलाएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *