बानपा ७ छरिखोलामा आगलागि हुदा घरगोठ जलेर नष्ट

कोपिला कंडेल, बागलुङ २०७५ चैत १० । बागलुङ नगरपालिका वडा नम्बर ७ छरिखोलामा आइतबार एक घर र गोठमा आगलागी हुला ८ लाख बराबरको क्षेती भएको छ ।

बा.न.पा ७ का नवराज गौतमको घरगोठमा भएको आगलागीले गोठ पुर्ण र घरको आधा भाग जलेर नष्ट भएको छ ।
आगलागीबाट ७ लाख ५० हजार रुपैयाँको क्षती भएको वडासचिव महेन्द्र घमालले जानकारी दिशउ । आगलागीले गोठमा रहेको एउटा खसी जलेर मरेको छ भने २ भैंसी र १ बाख्रालाई चोट लागेको छ । बिहान अचानक आगलागी भएपछि घरमुलीले स्थानीयबासीलई खबर गरेका थिए ।

सबै स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगोलागी पीडित परिवारको आर्थिक अवस्था पनि कमजोर भएको हुँदा स्थानीय तहले राहत उपलब्ध गराउन आग्रह गरेका छन् । आगो कसले वा के कारणले लगाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.