महिला उद्यम विकास समितिको अध्यक्षमा भगवती केसी निर्वाचित

बागलुङ २०७५ चैत १० । बागलुङ उद्योग बाणिज्य संघ महिला उद्यम विकास समितिको अध्यक्षमा पुन भगवती केसी निर्वाचित भएकी छन । समितिको २० औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट केसी आगामी ३ वर्षका लागि सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन । समितिको उपाध्यक्षमा सनिसा घर्ति, सचिवमा जुनु श्रेष्ठ, कोषाध्यक्षमा विष्णुकुमारी शर्मा लम्साल सहसचिवमा–सिता राजभण्डारी रहेका छन । त्यसै गरी समितिको सदस्यहरुमा लक्ष्मी पौडेल खत्री, नारायणदेवी राजभण्डारी, मेनुका शाक्य, कल्पना श्रेष्ठ, पविना भारी, नन्दकली अधिकारी, शेरातुन बेगम, विजया श्रेष्ठ, रेणु केसी र निवर्तमान अध्यक्ष रुद्रकुमारी केरी रहेका छन ।

अधिवेशनको उदघाट्न गर्दै संविधान सभा सदस्य एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले महिलाहरु अब आफैैमा आत्मनिर्भर बन्न सक्षम भएको बताएकी छन । उनले परिवारलार्ई सफल बनाउनका लागि महिलाहरुको निकै महत्वपुर्ण हात हुने हुँदा उद्यमी महिलालाई समाजले सम्मान गर्न जरुर रहेको बताएकी छन ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासु बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष लक्ष्मी बास्कोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी निवर्तमान अध्यक्ष जयराम भारी, महिला संजालका अध्यक्ष मञ्जु क्षेत्री, महिला हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिलादेवी खड्का निवर्तमान अध्यक्ष रुद्रकुमारी केसी लगायतले बोलेका थिए । कार्यक्रम महिला उद्यम विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता उपाध्यक्ष उषा पौडेलको धन्यबाद मन्तव्य र सचिव लालकुमारी बस्नेत अम्बिकाको संचालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *