खार बजार नजिक दाह्रे गौँडामा मोटरसाईकल दुर्घटना, ३ जना गम्भीर घाईते !

दिनेश शर्मा, बडीगाड २०७५ चैत १० । भर्खर भर्खर बडीगाड गाउपालिका ५ दाह्रेगौँडामा मोटरसाईकल दुर्घटना भएको छ ।

दुर्घटनामा लु ३२ प ६५९२ को मोटरसाईकलमा सवार तीन जना घाईते भएका छन् । निज घाईतेहरुको बडीगाड पोलिक्लिनिकमा उपचार भैरहेको छ ।

प्रहरी चौकी खारका इन्चार्ज लालमणी भट्टराईका अनुसार दुर्घटनामा घाईते हुनेहरुमा मुसिकोट नगरपालिका १ अरेवा निवासी कर्ण बलामी, सूर्य श्रेष्ठ र सन्तोष वीसी रहेका छन। निजहरुले मादक पदार्थ सेवन गरेको बताइएको छ । मोटर सााईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *