युवा क्लबको कार्यालयमा साइनबोर्ड झुण्डाए गाँउपालिकाको केन्द्र उद्घाटन !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ चैत १० । निसीखोला गाँउपालिका केन्द्रको बिहिबार साविकको देबिस्थान गाविसको जुग्जाखोला बजारमा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

स्थानीय तह पुनर्संरचनामा चार गाविसलाई समेटेर निसीखोला गाँउपालीकामा परिणत गरिएसँगैै केन्द्र राख्ने बिषयमा साविकका बोहोरागाँउ र निसी गाविसका जनताले देबिस्थान बजारमा राख्ने भनिएको केन्द्र कार्यालयआफुहरुलाई पायक नपर्ने भन्दै आन्दोलनमा उत्रिरहेका बेला बुधबार ईलाका
प्रशासन कार्यालय बुर्तिबाङमा साविकका चार वटै गाविसका राजनैतिक दलबिचको छलफल पछि सबैलाई पायक पर्ने क्षेत्र जुग्जाखोला भएको भन्दै सहमती भएपछी केन्द्रको उद्घाटन गरिएको हो ।

बुधवार सर्वदलीय सर्वपक्षिय टोलीव्दारा स्थलगत अबलोकन पछि नवआगन्तुक गाँउपालिका केन्द्र प्रमुख सञ्जय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाले कार्यालयको उद्घाटन गरेका हुन् ।

गाँउपालिकाको कार्यालय जुग्जाबजार स्थित सनराईज युवा क्लबको कार्यालयमा बोर्ड झुण्डाएर उद्घाटन गरीएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *