क्षत्री समाज बगलुङको प्रारम्भिक वडा समिति गठन

बागलुङ, २०७५ चैत १० । बागलुङ नगरपालिका–४ मा क्षत्री समाजको प्रारम्भिक समिति गठन भएको छ । वडास्तरीय भेलाले बलबहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । भेलाले यही चैत १५ गते हुन लागेको क्षत्री समाज बागलुङको जिल्ला अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ ।

प्रतिनिधिमा अध्यक्ष बलबहादुर भण्डारीसहित रामबहादुर अधिकारी, उजेली केसी, देवी कार्की, अञ्जु कुँवर र सितादेवी क्षत्री चुनिएका छन् । यस्तै, क्षत्री समाज काठेखोला गाउँपालिका–१ मा मानबहादुर जिसी, २ मा चन्द्रबहादुर कार्की, ८ मा पदम क्षत्री र ३ धम्जामा तिलकबहादुर भण्डारीको अध्यक्षतामा वडा समिति गठन भएको क्षत्री समाज बागलुङले जनाएको छ ।

समाजको जिल्ला अधिवेशनसँगै भातृ समाज महिला, युवा र पत्रकार समाजको पनि अधिवेशन एकसाथ हुँदैछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *