प्रभा माबि झिवाखोलामा परीक्षा शान्तिपूर्ण, कृयापुत्रीले पनि परीक्षा दिए !

झम सिर्पाली निसिखोला २०७५ चैत्र १० । माध्यमिक शिक्षा परीक्षा एसईई अन्तरगत निसीखोला गाउँपालिकाको एकमात्र परीक्षाकेन्द्र प्रभा माध्यमिक विद्यालय झिवाखोलाबाट १ सय ८६ जना विद्यार्थीहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन । यस परीक्षाकेन्द्रबाट एक कृयापुत्रीले पनि परीक्षा दिएका छन् । कृयापुत्री परिक्षार्थी जनजिवराज सुशिला माध्यमिक विद्यालयका छात्र कैलाश पौडेल हुन ।

रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय निसीखोला २ जुग्जाखोला, जनजिवराज सुशिला माध्यमिक विद्यालय निसिखोला ४ झिम्पा र ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीखोला ५ निसीका विद्यार्थीहरुले परीक्षा दिईरहेको उक्त केन्द्रमा परीक्षा रजिष्ट्रेसन अनुसार नियमित तर्फका १८० जना र ग्रेडवृद्धि तर्फका ६ जना गरि कुल १८६ जना भएपनी आज पहिलो दिन १८१ जनाले मात्र परिक्षा दिएको र बाँकी ४ जना अनुपस्थित रहेको परीक्षा केन्द्राध्यक्ष नवराज आचार्यले जानकारी दिए ।

नियमित तर्फ ८६ जना छात्र र ९४ जना छात्रा रहेकोमा ८५ जना छात्र र ९३ जना छात्रा तथा ग्रेडवृद्धितर्फ ६ जना छात्र र २ जना छात्रा रहेकोमा ५ जना छात्र र १ जना छात्रा गरि जम्मा १ सय ८१ जनाले आज पहिलो दिन परीक्षा दिएको जनाईएको छ ।

परीक्षाकेन्द्र प्रभा माध्यमिक विद्यालय निसीखोला ३ झिवाखोलाका विद्यार्थीहरुले भने ढोरपाटन नगरपालिकाको उत्तरगंगा माध्यमिक विद्यालयबाट परीक्षा दिईरहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *