बुर्तिबाङका सबै केन्द्रहरुमा माध्यमिक शिक्षा परिक्षा मर्यादित रुपमा सम्पन्न !

छविलाल पाण्डे २०७५ चैत १० । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तर्गत अनिवार्य अँग्रेजी विषयको परिक्षा मर्यादित रुपमा सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा रहेको उत्तरगंगा मावि परिक्षा केन्द्रमा कुल २ सय ३६ जना परिक्षार्थीले परिक्षा दिएका छन् ।
जसमा १ सय २१ छात्र १ सय १५ छात्राले परिक्षा दिएका केन्द्राध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

रिभरहेड बोर्डिङ स्कूल परीक्षा केन्द्रमा रेगुलर १८३ , ग्रेड बृद्धि तर्फ १३ जना परीक्षार्थी मध्य रेगलर तर्फ ७८ जना छात्रले परिक्षा दिएका छन् । १ जना अनुपस्थित रहेको बताइएको छ । छात्रा तर्फ १०४ जना मध्ये १ जना अनुपस्थित रहेका कारण १०३ जनाले परीक्षा दिएको केन्द्राध्यक्ष कमल भुसालले ईबागलुङलाई बताए ।

उनका अनुसार १३ जना ग्रेड बृद्धि मध्ये ८ छात्रमा ४ जनाले मात्रै सहभागिता जनाएका छन् । ५ जना छात्रा मध्ये १ जना अनुपस्थित रहँदा ४ जनाले परीक्षा दिएका हुन् ।

जनता आवासीय परीक्षा केन्द्रमा आजको परिक्षामा २ सय ३७ परिक्षार्थी मध्ये रेगुलर तर्फ १ सय १ जना छात्र र १ सय ३६ जना छात्राले परीक्षा दिएका छन् ।

१ जना ग्रेड बृद्धि दिने परीक्षार्थी अनुपस्थित रहेको केन्द्राध्यक्ष पुरन पाण्डेले बताए । सबै केन्द्रमा मर्यादित रुपमा परिक्षा सञ्चालन भएको केन्द्राध्यक्षहरुले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.