गल्कोटका ५ परीक्षा केन्द्रबाट ८ सय ३९ बिद्यार्थीले माध्यमिक शिक्षा परिक्षा दिदै !

घनश्याम गौतम गल्कोट २०७५ चैत १० । गल्कोट नगरपालिकाका चार र ताराखोलाको एक परीक्षा केन्द्रमा यसवर्षको माध्यमिक शिक्षा परीक्षा विहान ८ बजेदेखी सुरु भएको छ । यो समाचार लेख्दा सम्म परीक्षा शान्ति पूर्वक मर्यादित रुममा सन्चालन भैरहेको श्रोतको दावी छ ।

माध्यमिक शिक्षा परीक्षाको लागी गल्कोटमा ५ ओटा केन्द्रबाट गल्कोटका २७ बिद्यालयका ८ सय ३९ जना बिद्यार्थीले परिक्षा दिईरहेकाछन् । परीक्षार्थीहरुमध्य ४ सय २५ जना छात्र र ४ सय १४ जना छात्रा सहभागी भएकाछन् ।

गल्कोट २ नरेठाँटी स्थित महेन्द्र माध्यमिक बिद्यालय केन्द्रबाट चौराह, सरस्बती, गल्कोट र खरुवा माध्यमिक बिद्यालय तथा दुदिलाभाटी ईङ्लीस स्कुल र एरा मदरल्याड बोडिङ स्कुल गरी ६ बिद्यालयका बिद्यार्थी सहभागी भएका छन् ।

यसैगरी गःकोट माद्यमिक बिद्यालय हटिया परीक्षा केन्द्रबाट शिब, न्युलाईफ, नभप्रभात, महेन्द्र, गोल्डेन फ्युचर, पृथ्बी माध्यमिक बिद्यालय गरि ६ बिद्यायका बिद्यार्थीहरु परीक्षामा सम्मिलित भएका छन् ।

त्यस्तै पृथ्बी माध्यमिक बिद्यालय हरिचौर परीक्षा केन्द्रबाट पार्बती ,सम्बुद्ध एजुकेशनल एकेडेमी, एकता, गल्कोट मोडनाईज्ड एकेडेमी, पाण्डबखानी र अर्गल माध्यमिक बिद्यालयका बिद्याथीले परीक्षा दिईरहेका छन् ।

शिब माध्यमिक बिद्यालय काँडेवास केन्द्रबाट जनजागृति, भैरब, जनहित र गल्कोट ईग्लिस स्कुलका बिद्याथीले परिक्षामा सहभागिता जनाएकां छन् ।

अर्गल माध्यमिक बिद्यालय परीक्षा केन्द्रबाट जनप्रेम, हरि, ब्राईट लोटस एकेडेमी नेपाल र दुर्गा भवानी माध्यमिक बिद्यालयका परीक्षार्थीहरुको सहभागिता रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *