यस्तो भयो, जलजला गाउपालिकाको केन्द्रलाई लिएर सर्बदलीय सहमति !

मल्लाजको मिलन चोक बन्यो इतिहासकार स्व. मोहन मल्लको नममा ‘मोहन चोक’ !

पर्वत २०७३ चैत १० । जलजला गाउपालिकाको केन्द्रलाई लिएर भएको बिबादलाई लिएर सदरमुकाम कुस्मा बजारमा बसेको राजनीतिक दलहरुका प्रतिनिधी र असन्तुष्ट पक्षवीचको छलफलमा निर्वाचन सम्मलाई गाउपालिकाको केन्द्र मोहन चोक (साबिक मिलन चोक) मा राख्ने सहमति भएको छ ।

आजको यस सर्वदलीय सहमतिमा अर्को पक्षको सहमति नभए गाउपालिकाको केन्द्र साबिक माझफाँट गाविस कार्यालयमा पनि नराखी जिल्ला सदरमुकाम कुस्माबजारमा राख्ने निर्णयमा उल्लेख छ ।

आजको सर्वदलीय बैठकमा साविक माझफाँट गाविसका मानिसहरु भने सहभागी हुन नआएको एक सहभागीले बताए ।

साबिक माझफाँट गाविसको कार्यालयमा जलजला गाउपालिकाको केन्द्र राख्दा साविकका धाईरिङ, बनौँ, नाङलीबाङ, सालिजा र लेखफाँट गाविसहरुलाई अपायक पर्ने भएकोले साबिकका यी पाँच गाविसहरुका जनताले मोहन चोकमा केन्द्र राख्न माग गर्दै विरोध उत्रिएका थिए । साबिकका जम्मा ७ गाविसहरु समावेस गरी बनेको जलजला गाउपालिकाको केन्द्र ५ गाविसलाई अपाएक पर्ने माझफाँट गाविस कार्यालयलाई केन्द्र तोक्न पुनर्सरचना आयोगको निर्णय हँचुवा, अदूरदर्शी एवं अवैज्ञानिक भएको अधिकाँश गाउपालिकावासीको आवाज रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.