परीक्षा समन्वय समितिव्दारा शान्ति मावि केन्द्र, कुस्मीसेराको निरीक्षण!
माध्यमिक शिक्षा परीक्षा (SEE)सुरु, जिल्लाका ३१ केन्द्रहरुबाट ५५२२ परीक्षार्थीले परीक्षा दिँदै !

दिनेश शर्मा, बागलुङ २०७५ चैत १० । बागलुुङ जिल्लाका ३१ परीक्षा केन्द्रहरुमा अहिले बिहान ८ बजे देखी माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । यो वर्ष जिल्लाभरका निजी तथा सामुदायिक बिद्यालयका ५ हजार ५ सय २२ जना परीक्षार्थीहरुले परीक्षा दिईरहेका छन् ।जसमा २ हजार ६ सय ४७ छात्र र २ हजार ८ सय ७५ छात्रा रहेका छन् ।

शान्ति मावि कुस्मीसेरा केन्द्र निरीक्षण
सदरमुकाम स्थित विद्यामन्दिर, कालिका कन्या मन्दिर, न्यू एभरेष्ट र धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालय केन्द्रहरुबाट १ हजार २ सय ३८ परीक्षार्थीले परीक्षा दिईरहेका छन भने जिल्लाको सुदूर पश्चिम बुर्तिवाङ बजार स्थित जनजागृति, उत्तरगंगा, रिभरहेड एकेडमी र जनता माबि केन्द्रहरुबाट ८ सय २६ परीक्षार्थीहरु परीक्षामा सम्मिलित भएका छन् ।

रिभरहेड परीक्षा केन्द्र बुर्तिवाङ

भिङगिठे मावि परीक्षा केन्द्र, बडीगाड
यसैगरी प्रभा माबि बोहोरागाउँ परीक्षा केन्द्रबाट १ सय ८६, भीङगिठे माबि केन्द्रबाट १ सय ५६, भानुमावि ग्वालिचार केन्द्रबाट २ सय ५७ र त्रिभुवन मावि खर्वाङ केन्द्रबाट १ सय ९७ जना परीक्षार्थीहरुले सहभागिता जनाएका छन् । यसैवीच प्रभा मावि बोहोरागाउ केन्द्रबाट आमा बितेको ७ दिनका क्रियापुत्री कैलाश पौडेल, रोलनं ०५२०९६६ ले एसईई परीक्षा दिईरहेको प्रजिअ खरेलले जानकारी दिए ।


भानु मावि ग्वालिचौर केन्द्र बडीगाड

बिरामी छात्रा मनिसा चुके खार मा बि कि छात्रा भानु मा बि मा परीक्षा दिदै

अमर मावि बिहू केन्द्रबाट १ सय ३१, धारामावि तंग्रामबाट ६०, भिमसेन मावि बिहुँ २ सय ६२, जन कल्याण मावि ७७, तित्याङ माविबाट १सय १५, शारदा मावि बाटाका चौरबाट ९४, सर्वोदय मावि बरेङबाट १ सय ७०, जनता मावि पाहीबाट १ सय ३७, सुन्तलाचौर माबि दमेक बाट १सय १८, शान्तिमावि कुस्मीसेरा बाट १ सय ८०, जनता मावि सर्कुवा ७१, सँस्कृत मावि बेलबगर बाट १ सय १३, त्रिभुवन मावि पैयुँपाटा १ सय ७५, जनताा धन मावि नारायणस्थानबाट १ सय २० जना परीक्षार्थीहरुले परीक्षा दिईरहेका छन् ।

त्रिभुवन मावि खर्वाङ परीक्षा केन्द्रका तस्वीर ।
यसैवीच माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले जैमिनी नगरपालिका कुस्मीसेरा स्थित शान्ति मावि केन्द्रमा सन्चालित परीक्षाकाे निरीक्षण गरेको छ । सोअवसरमा प्रजिअ खरेलले परीक्षा शान्तिपूर्वक मर्यादिन सन्चालन गर्न निर्देशन दिएका थिए ।

बिद्यामन्दिर मावि केन्द्रमा परीक्षा दिँदै परीक्षार्थी ।

कालिका कन्या मन्दिर मावि परीक्षा केन्द्र ।
सो टोलीमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका प्रमुख कुस्मराज उपाध्याय सहितको सहभागिता रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.