वामीमा काँग्रेसको बृहत कार्यकर्ता भेला सम्पन्न : आपसी एकताबाट पार्टी बलियो हुन्छ-युवा नेता पहराई

कौरव खत्री, गुल्मी २०७५ चैत ९ । नेपाली मुसिकोट नगरपालिका गुल्मीको वामी टक्सारमा काँग्रेस बृहत कार्यकर्ता भेलासम्पन्न भएको छ ।

नगर भेलालाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका महासमिति सदस्य छन्द बहादुर पहराईले पार्टीमा आपसी एकताबाट बलियो बनाउनुपर्ने भन्दै अव नेपाली काँग्रेसमा समरात्मक सोचको विकास गनुपर्नेमा जोड दिए ।

साथै उनले काँगे्रस भित्रको एकताको सन्देश दिनका लागि पनि जिल्ला सम्मेलन आयोजना गरिएको बताउदै अव काँग्रेस एक भएर अगाडी बढ्न आग्रह गरे ।

सोही अवसरमा विशिष्ट अतिथि नेपाली काँग्रेस गुल्मीका पूर्व पार्टी सचिव हरिनारायण सापकोटाले अव काँगे्रस पार्टी चुप लागेर बस्न नहुने भन्दै काँग्रेसले संगठनलाई जोड दिएर अगाडी बढ्नु पर्ने भन्दै आफू काँग्रेसका प्रतिनिधिहरुले जितेको हेन आतुर रहेको बताए ।

नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य धिरेन्द्र केसी, नेपाली काँग्रेस गुल्मीका पूर्व जिल्ला सदस्य बुद्धिप्रसाद खरेल,अर्लाङ्गकोट गाविसका पूर्व गाविस अध्यक्ष माधवप्रसाद खरेल, नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मिगे्रन्द्रप्रसाद रिजाल, नेपाल महिला संघ क्षेत्रीय सभापति मिना जिसी, नेपाल महिला संघ मुसिकोट नगरपालिका सभापति सुमित्रा भण्डारी,नेपाल शिक्षक महासंघ मुनपाका उपाध्यक्ष कालिदास खरेल,नेपाली काँग्रेस मुनपा १ का सभापति दान बहादुर केसी, मुनपा २ का सभापति रामचन्द्र घिमिरे, मुनपा ३ का सभापति हरिप्रसाद घिमिरे, मुनपा ४ का सभापति यम बहादुर खत्री, मुनपा ५ का सभापति डिल्लीराज खरेल, मुनपा ६का सभापति रामप्रसाद अर्याल, मुनपा ७ का प्रतिनिधि शालिकराम खरेल, मुनपा ८ का सभापति तारा बहादुर रायमाझी, मुनपा ९ का सभापति टिकाराम सापकोटा लगायतले आ आफ्ना वडाहरुमा पार्टीले गरेका गतिविधिका बारेमा शुभकामना मन्तव्य सहित आफ्नो धारणा व्यक्त गरेका थिए ।

भेलामा जिल्लास्तरदेखि वडास्तरसम्मका झण्डै ५ सय नेता तथा कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

साथै अवसरमा नेपाली काँग्रेस गुल्मीका जिल्ला सदस्य कल्पना घिमिरे,पूर्व जिल्ला सदस्य फन बहादुर रायमाझी लगायतको विशेष उपस्थिति रहेको थियो ।

नगर भेलामा जिल्ला सदस्य कौरव खत्रीले भेलाको औचित्य तथा विषयबस्तु र जिल्ला सम्मेलनका बारेका प्रकास पादै नेपाली काँग्रेस गुल्मीले आँउदो चैत्र १६ र १७ गते हुन गईरहेको प्रथम जिल्ला सम्मेलनलाई भव्य र सभ्य गरि सफल बनाउनको लागि सबैलाई आग्रह गरे ।

साथै साही नगर भेलामा नेपाली काँगे्रस मुसिकोट नगरपालिकाको कार्यालय भवनको लागि निःशुल्क जग्गा दिने जग्गादाता नेपाली काँगे्रस गुल्मीका पूर्व पार्टी सचिव हरिनारायण सापकोटालाई दोसल्ला ओड्याएर सम्मान गरिएको थियो ।

त्यस्तै अवसरमा नेपाली काँग्रेस मुसिकोट नगरपालिकाको कार्यालय भवन निर्माणको नेपाल शिक्षक संघ गुल्मीका उपाध्यक्ष मिगे्रन्द्रप्रसाद रिजालले रु.१० हजार, सहयोग गरेका थिए भने यस्तै साविकको अर्लाङ्गकोट गाविसका पूर्व गाविस अध्यक्ष माधवप्रसाद खरेलले रु.५१ हजार सहयोग गरेका थिए ।

कार्यक्रम नेपाली काँग्रेस मुसिकोट नगरपालिका संयोजक शुर्दसन शाक्यको सभापतित्व रहेको भेलामा नेपाली काँग्रेस क्षेत्रीय सदस्य मोहन घिमिरेको स्वागत मन्तव्यसँगै सुरु भएको भेलाको सञ्चालन भने नेपाली काँग्रेस मुनपा ७ का सचिव तेजिन्द्र जिसीले गरेका थिए । नगर भेला रुद्रावति बहुमुखी क्याम्पस वामीटक्सारमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *