ढोरपाटन-९ फल्लेघरमा २१ वर्षिया युवतीव्दारा आत्महत्या !

दिनेश शर्मा, बुर्तिवाङ २०७६ चैत ९ । ढोरपाटन नगरपालिका वडा न ९ फल्लेघर निवासी डिल बहादुर बि ककी पत्नी बर्ष २१ की छलमाया बि क ले ७ गते राती डोरीले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खाना खाइ श्रीमान श्रीमती बिस्तारामा सङ्गै सुतेपनी श्रीमान निदाइसकेपछी कोठाबाहिर निस्केर श्रीमान सुतेको कोठामा चुक्कल लगाइ अर्को कोठामा गएर डोरीको पासो लगाइ झुन्डिएर आत्महत्या गरेको चैत ८ गते प्रहरीलाई खबर आए पश्चात् ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट प्रहरी निरीक्षक ॐ प्रकाश यादबको नेतृत्वमा प्रहरी गइ घटना मुचुल्का गरी आजै प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ मा पोस्टमार्टम गरि दाह सस्कारका लागि घरतर्फ लगिएको प्रहरीले जनाएको छ।
आत्महत्या गर्नुको कारण खुल्न आएको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *