अमरभुमीमा स्वास्थ तथा पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न !

पूर्ण भद्र निउरे, ताराखोला २०७५ चैत ८ । ताराखोला गाउँपालिकाको वडा न १ अमरभुमीमा स्वास्थ तथा पोषण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

१००० दिन का आमा तथा गर्भवती महिला पोषण तथा खाद्य सुरक्षा को बारेमा जानकारी गराउने उदेश्य ले आयोजना गरिएको स्वास्थ साखा ले जनाएको छ ।

सो अबसर मा ताराखोला गाउँ पालिका का स्वास्थ साखा प्रमुख संकर बिष्टले आर्थिक अवस्था कमजोर भएकी गर्भवति महिला कृष्ण कुमारी बि कलाई ब्यक्तिगत तर्फबाट १ क्रेट अण्डा बितरण गरेका थिए ।

शखा प्रमुख बिष्टले १००० दिनका आमा तथा गर्भवती महिलाहरुलाई किन अण्डाको आवश्यक पर्छ, यसबाट केके फाईदा पुग्छ भन्ने बारेमा जानकारी साथै पोषण , स्तनपान को महत्व को बारेमा जानकारी गराएका थिए।

हजार दिनका आमाहरुको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रममा सुआहारा २ को खाद्य प्रदर्शनी अन्तर्गत फर्सिको हलुवाको महत्त्व संगै हलुवा बनाउन सिकाइएको थियो ।

कार्यक्रमको सहजीकरण सुआहाराका फिल्ड सुपरभाइजर किशोर घर्ती मगरले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *