गुल्मी रुन्खादह माविमा महायज्ञको रौनक : ५ करोड अर्थ संकलनको लक्ष्य !

अनिश शर्मा गैरे, गुल्मी २०७५ चैत ८ । गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ बिरबासमा रहेको रुन्खादह माविमा महायज्ञको तैयारीलाइ तीव्र पारिएको छ ।

विद्यालयमा गुणस्तरीय प्राविधिक शिक्षा स्थापना गर्ने, स्मार्ट विद्यालय बनाउने, विद्युतीय पुस्तकालय, उच्चस्तरीय विज्ञान प्रयोगशाखा निर्माण, गुणस्तरीय शिक्षा तथा दिगो रुपमा समाजको आवश्यकतामा टेवा पुर्याउने उद्धेश्यका साथ महायज्ञको आयोजना गरीएको हो । चैत २३ गतेदेखी बैशाख १ गतेसम्म विद्यालयको बिकासको लक्ष्य सहित सो नवाहज्ञान महायज्ञ आयोजना गरिएको विद्यालयले जनाएको छ ।

महोत्सबमा विश्व बिख्यात भागवत बाचक युवा सन्त श्री वालयोगेश्वर महाराज श्रीले प्रवचन दिने बताइएकोछ । त्यसैगरी चर्चित भजनमण्डलीद्धारा भजनकृतन तथा झाँकी प्रदर्शन पनि हुने भएका छन् । हालसम्म धेरै क्षेत्रमा पुगी करोडौ रकम संकलन गरी महायज्ञ सफल बनाएका सन्त बालयोगेश्वर महाराज श्रीले प्रवचन दिने भएपछि आयोजक सँगै स्थानीय पनि खुशी भएका छन् । विद्यालय पनि आफुले सोँचेअनुसारको अर्थ संकलनको लक्ष्य पुरा हुने कुरामा विश्वास राख्दै अगाडी बढीरहेको छ भने सोही अनुसारको तैयारी तथा प्रचारप्रसारको काम पनि अघि बढाइएको छ ।

प्रत्येकका घरघरमा निमन्त्रण कार्डहरु पुगेका छन् । बजार क्षेत्रमा गेटहरु बनाउने काम धमाधम चलिरहेका छन् । ठााउठाँउमा स्वागतद्धार तथा ध्वजापतका बाट गाँउपालिकाका धेरै ठाँउलाइ सुसज्जित बनाइएको छ ।

महायज्ञको अवसरमा १००८ तुलादान हुनेछ । कलशयात्राको दिन हेलिकप्टरबाट १ सय ८ तिर्थक्षेत्रको जल सहित पुष्पवृष्टि गरीने छ । त्यसैगरी शारीरिक रुपमा अस्वस्थ्य भएका ब्यक्तिलाइ सम्मान, ज्येष्ठ नागरीकको सम्मान, ५ हजार भन्दा बढी कन्याको पुजन गरिने छ । महोत्सबमा विद्यालयका भुपुविद्यार्थी, भुपु शिक्षक, भुपु ब्यबस्थापन समिति देखी गुल्मीबासीको सहयोग अपेक्षा गरीएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *