सामाजिक सन्जालमा भाईरल बनेको एड शीरनको ‘शेप अफ यू’ गीतको भिडियो !

नया दिल्ली, भारत, २०७३ चैत १० । भारतको राजधानी नयाँ दिल्लीको आई आई टी रुडकीका विद्यार्थीहरुले बनाएको एक भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । त्यस भिडियोमा प्रयोग गरिएको एड शीरनको हालैको चर्चित गीत शेप अफ यू मा दुई युवतीहरुको नृत्य अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । यहि मार्च महिनाको १७ तारीख तदनुसार चैत ४ गते यूट्यूबमा अपलोड गरिएको भिडियो अहिले सम्म करीब १७ लाखले हेरिसकेका छन् ।

एड शीरन भरखरको चर्चित गीतमा तयार गरिएको यस भिडियोमा देखाईएको नृत्यको कोरियोग्राफ सोनाली भदौरियाले गरेकी हुन् । यस भिडियोमा दुई केटीहरुले निकै शानदार नृत्य गरेका छन् ।

यस अघी आईआईटी रुडकीका छात्राहरुले शेप अफ यू गीतमा एक भिडियो लन्च गरेका थिए जुन निकै रुचाईएको थियो । भिडियोमा चार छात्राहरुले नृत्य गरेका थिए । यस भिडियोमा भिन्न भिन्न प्रोफेशनका चार छात्रहरु एक राम्री केटीलाई प्रभावित गर्ने कोशिश गरेको देखिन्थ्यो । भेलेन्टाइन्स डे मा बनाईएको यो भिडियो निकै मन पराईएको थियो । एजेन्सी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.