आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

बागलुङ २०७५ चैत ८ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य महेन्द्र बहादुर कार्कीका पिता र तारा कुमारी कार्कीका ससुरा बाबाको निधनप्रति दुख व्यक्त गर्दै शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका वडा नं. ७ तितौरे निवासी गंगा बहादुर कार्कीको फागुन २९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

आज १० औं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), संस्थाका सल्लाहकार तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापा, पूर्व उर्जा राज्य मन्त्री रामजी प्रसाद शर्मा, बागलुङ नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष ध्रव बहादुर के.सीले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार दरले दुई जनाको १० हजार रुपैया परिवारका सदस्य छोरी कृष्णा कुमारी थापालाई हस्तान्तरण गरेका हुन ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.