नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सात सदस्यीय सल्लाहकार चयन !

पोखरा २०७५ चैत ८ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकले मञ्चको सात सदस्यीय सल्लाहकार चयन गरेको छ ।

सल्लाहकारहरूमा मञ्च संस्थापकतर्फबाट अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष तर्फबाट त्रिभुवन पौडेल, क्षेत्रीय खेलकुद विकास समितिको तर्फबाट सम्पन्न श्रेष्ठ, पत्रकार महासंघ कास्की अध्यक्षतर्फबाट दीपेन्द्र श्रेष्ठ, मञ्चका पूर्व अध्यक्षतर्फबाट विनोद लामिछाने, मञ्चका निवर्तमान अध्यक्ष केशव पाठक र पत्रकार दीननाथ बराललाई सल्लाहकार चयन गरेको हो ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा पोखरामा शुक्रबार बसेको बैठकले मञ्चको नयाँ खाता संचालनको लागि आवश्यक प्रक्रिया गर्ने निर्णय समेत गरेको महासचिव विजय नेपालले जानकारी दिए ।

गत फागुन २५ मा मञ्चमा गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । मञ्च उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल, सचिव राजाराम पौडेल, कोषाध्यक्ष शशी पौडेल, सदस्य खुलातर्फ उमेश पुन, नारायण शाही ठकुरी, रोशन अधिकारी, समावेशी महिलातर्फ कविता घर्तीमगर, आदिवासी जनजातिमा गीता रानामगर र दलितमा सुशील नेपाली निर्विरोध भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.