गत वर्षको तुलनामा आयोडिन युक्त नुनको प्रयोग गर्नेहरुको संख्यामा बृद्धि !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत १० । साल्ट टे«डिङ कपोरिशन लिमिटेड डिपो कार्यलय बागलुङका अनुसार बागलुङमा गत वर्षको तुलनामा आयोडिन युक्त नुन खानेको संख्या ५ प्रतिशतले वृद्धि भएको छ ।

साल्ट टे«डिङ कर्पोरिशिन लिमिटिड डिपो कार्यलयका प्रमुख मनोज कुमार श्रेष्ठले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७२÷७३ फागुन सम्म ढीका नून ६ हजार ५३ क्विन्टल ४५ लाख ५ हजार ५ सय ८० मुल्यको विक्रि भएको थियो भने आयोडिन नुन ११ हजार ५ सय ८१।५० क्विन्टल परिमाणमा १ करोड ९१ लख ९ हजार ४ सय४५ रुयैया गरी जम्मा २ करोड ३६ लाख १५ हजार ५५ रपैयाको विक्रि भएको थियो ।

आर्थिक बर्ष २०७३÷७४को फागुन मसान्त सम्ममा ढेका नून ५ हजार ७ सय ४१ क्विन्टल परिमाणमा ४२ लाख ३७ हजार २ सय ६० रुपैयाको विक्रि भएको छ भने आयोडिन नून १३ हजार १ सय ६३.५० क्विन्टल परिमाणमा २ करोड १७ लाख १९ हजार ७ सय ७५ रुपैयाको विक्री भएको छ ।

यो आर्थिक बर्ष फागनु मसान्त सम्मामा ढेका नुन र आयो दिन नुन गरि २ करोड ५९ लाख ५७ हजार ३५ रुपैयाको कारोबार भएको छ ।

गत बर्षको तुलनामा यो बर्ष आयोडिन नुनको बढि बिक्री तथा प्रयोगकर्ता बढेको पाईएको छ । यस्तो हुनमा जनचेतनाको प्रभाव, दशै तिहारको सुपथ मुल्य पसलको अवधारणामा काम गरेको पनी प्रयोग कर्ता बढेका हुन ।

त्येसै गरी पुस १६ देखी माघ १५ सम्म फेब्रुअरी महिनामा आयोदिन नुनको अभियान ल्याईएकोले पनी आयोडिन नुनको प्रयोगकर्ताहरु बढेका छन् ।
नुनको मुल्य ५ बर्ष पछी यही फागुन महिनाको १२ गते देखी लागुहुने गरी प्रतिकेजी रु २ रुपैयाले मुल्यविृद्धि भएको छ । साल्ट टे«डिङ कर्पोरिशन लिमीटड नेपालले ५ बर्ष पछाडी मुल्य वृद्धि गरेको हो ।

आयोडिनको कमीले बच्चाहरु मानसिक एंव शारिरीक रुपले कमजोर हुने गर्भवती महिलामा आयोडिनको कमी भएकमा सुस्त मनस्थिति , लाटो , लठ्यौरो तथा बिकलाङ्ग बच्चा जन्मने , गर्वपात हुन सक्ने, गाई , भैसीले दुध कमी दिने भएकोले आयोडिन युक्त दुई बालबालिका चिन्ह अंकित पाकेटको नुन नै प्रयोग पर्ने साल्ट टे«डिङले अनुरोध गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *