हरिचौर बजारको सडक कक्रिट सहित ढलान सुरु : पुरानै स्वरुपमा ब्यबस्थापन गर्न स्थानीयको माग !

घनश्याम गौतम, गल्कोट २०७५ चैत ७ । गल्कोट नगरपालिका बडा नम्बर ५ मा नगर गौरबको योजनाको काम आज देखी सुरुभएको छ । जिल्लाकै अग्लो पहाड घुम्टेका काखमा रहेको हरिचौर बजारमा मोटरबाटोका स्तरबृद्धि गर्न नगरपालिकाले नगर स्तरीय योजनाको रुपमा ४० लाख बजेट बिनयोजन गरेको थियो ।

आर्थिक बर्ष २०७५/२०७६ मा नगरपालिकाले गौरबको रुपमा सञ्चालन गरको उक्त योजनालाई आज देखी काम सूरु गरिएको समितिका अध्यक्ष रन बहादुर खत्रीले जानकार दिए । अब हरिचौरबाजारमा रहेको सडकलाई कंक्रिट सहित ढलान गरिने र ढलान पछि साढे २ ईन्च बाक्लो ढुङ्गा छापिने भएको समितिले जनाएको छ । नगरपालिकाको ४० लाख लाई ६० प्रतिशत र सोही रकमको आधारमा स्थानिय उपभोक्ताले ४० प्रतिशत रकम संकलन गरि स्तरबृद्धिको काम सञ्चालन गरको बडा नम्बर ५ की बडा सदस्य कमला ढकालले बताईन् । हरिचौर बजारमा २ सय १५ मिटर सडक रडसहितको ढलान गर्ने गरि स्टिमेट तयार गरि काम सुरु भएको हो ।

गल्कोटे राजाको दरबार रहेको हरिचौर बजारमा ढलान गर्ने कार्य दिगो बिकासको माध्यम नभएको भन्दै हरिचौरका केही युबाहरुले ढलान गर्न नहुने बताएका छन् । हरिचौर बजारलाई पुरानै स्बरुपमा ब्यबस्थापन गरि मौलिक बजारको स्बरुप दिन आग्रह गरेको युबा मिलन कडेलल बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.