प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु !

रबिना बोहरा, बागलुङ, २०७५ चैत ७ । बागलुङमा प्रथम पञ्चकोट गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद तथा पर्यटकीय क्षेत्रको बिकासका लागि युवा तथा खेलकुद विकास समिति बानपा–६ पञ्चकोटले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले समस्याका बाबजुद पनि राज्यले युवाहरुलाई खेल क्षेत्रमा अगाडी बढाउन पहल गरिरहेको भन्दै आगामी दिनमा कमी कमजोरीहरुलाई हटाउदैँ खेलकुद क्षेत्रको विकास गर्नुपर्ने बताए । उनले नेपालमा अझै पनि खेल क्षेत्रमा लाग्ने प्रयाप्त वातावरण बन्न नसकेको भन्दै गाउँगाउँमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग गर्ने बताए । खेलको महत्व सबैले बुझेकाले शारिरिक तथा मानसिक स्फुर्तिका लागि खेल क्षेत्र भएको भन्दै राष्ट्र निर्माणको लागि यस क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले खेलाडीको उत्पादन मात्र नभएर संरक्षण गर्नुपनि उत्तिकै चुनौती रहेको बताएका थिए ।

अभाव हुने भएकाले यसको समाधान लागि आवश्यक पहल गर्नुपर्ने बताएका थिए । सो अवसरमा प्रतियोगिता सञ्चालनका लागि रोजगारका लागि अमेरिकामा रहेका व्यक्तिहरुबाट ५४ हजार र भान्सा सेवा समाज जापानले ४० हजार रुपैँया सहयोग गरेको थियो । कार्यक्रममा बागलुङ नगरपालिका–६ का अध्यक्ष खेमराज सापकोटा, बानपा–५ का अध्यक्ष शिव सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम समितिका अध्यक्ष विदुर सुवेदीको अध्यक्षता, कृष्ण सापकोटाको स्वागत र अनिल सुनामको सञ्चालनमा सम्पन्न भएको थियो ।

यही चैत ९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बागलुङ नगरपालिकाका १४ वटा वडाका १५ समुहले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । आयोजक ‘बी’ समुह र बानपा–३ भलाटाकुरा बिच भएको पहिलो खेलमा २ः१ ले भलाटाकुरा बिजयी भएको छ ।

यस्तै बानपा–२ र बानपा–४ बिच भएको दोस्रो खेलमा २ः१ ले नै बानपा–४ ले जित हासिल गरेको छ । यस्तै शुक्रबारको पहिलो खेल बानपा–३ गुठी र बानपा–३ काभ्रे बिच हुने आयोजकले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.