लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको होली सेलेब्रेशन तथा पिक्निक प्रोग्राम !

बागलुङ २०७५ चैत ७ । बागलुङ सदरमुकाममा यस वर्षको फागुपूर्णिमा पर्व होली भव्यरुपमा सम्पन्न भएको छ । आपसी सद्भाव र मेलमिलापको भावनाले एकापसमा रङ दलेर उल्लासमय वातावरणमा होली पर्व मनाईएको छ ।

यसैक्रममा लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा ‘होली सेलेब्रेशन तथा पिक्निक प्रोग्राम’ भव्य रुपमा सम्पन्न भएको छ । होली सेलेब्रेशन कार्यक्रमको अध्यक्षता क्लबका प्रेसिडेन्ट एम।जे।एफ लायन अनुप रिजालको रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि जोन चेयरपर्सन एम।जे।एफ लायन दुर्गा कुँवर एवं अन्ष् अतिथिहरुमा डिष्ट्रीक कमिटी मेम्बर लायन युक्त प्रसाद सुवेदी, लायन्स क्लब अफ बागलुङका प्रेसिडेन्ट लायन प्रकाश चालिसे .को सहभागिता रहेको थियो । कार्यक्रम संयोजक क्लबका सेकेन्ड भि।पि लायन श्याम प्रसाद शर्मा, क्लबका फस्ट भि।पि लायन दल थापाको स्वागतु क्लब सेक्रेटरी लायन नारायण प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *