ढोरपाटन नगरपालिकाव्दारा लेखा अधिकृत पौडेललाई विदाई !

सुमन सुनार, बुर्तिबाङ २०७५ चैत ७ । ढोरपाटन नगरपालिका नगर कार्यपालिका कार्यालयका लेखा अधिकृत अमृत प्रसाद पौडेललाई मंगलबार एक कार्यक्रमका विच विदाई गरिएको छ । विगत ९ महिना देखि ढोरपाटन नगरपालिकामा कार्यरत लेखा अधिकृत पौडेल कर्मचारी समायोजनमा धादिङको गजुरी गाउँपालिकामा सरुवा भएर जाने भएपछि ढोरपाटन नगरपालिकाले मंगलबार विदाई गरेको हो ।

विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख देवकुमार नेपालीले लेखा अधिकृत पौडेललको कार्य सम्पादनको उच्च प्रशंसा गर्दै संवेदनशिल एवम् निःस्वार्थ भावनाका साथ छोटो अवधिमा नगरको विकास, समृद्धि, आफ्नो काम र सेवा प्रवाहमा गुणस्तरिय सुधार ल्याउने काम गरेको बताए ।जनताका गुनासाहरु सम्बोधन र सेवा प्रवाहलाई चुस्त बनाउन निकै योग्दान पु¥याएको भन्दै सरुवा भएर जहाँ गएपनि जनताका लागि न्यायगत कार्य गर्न आग्रह गरे ।

यस्तै उप–प्रमुख करमती पुनले आफ्नो जिम्मेवारीलाई पुरा गर्ने सिलशिलामा पौडेलले अनुशासित एवम् बफादार भई कार्यकुशलताको उत्कृष्ट नमूना प्रदर्शन गरेको भन्दै उप–प्रमुख पुनले कुशल कर्मचारी विदाई गर्नुपरेको भन्दै दुःख व्यक्त गरिन् । सहज सेवा प्रवाहसंगै जनप्रतिनिधि र कर्मचारी विच सुमधुर सम्बन्ध कायम गर्न लेखा अधिकृत पौडेलको महत्वपुर्ण योगदान रहेको भन्दै सरुवा भई जाने गजुरी गाउँपालिकामा पनि यस्तै लोकप्रियता कमाउँदै जानुपर्ने शुभकामना दिईन् ।

लेखा अधिकृत पौडेलले ढोरपाटन नगरपालिकामा काम गर्दै गर्दा आफुले धेरै कुरा सिक्ने मौका पाएको भन्दै सकारात्मक र समन्वयात्मक भुमिका निर्वाह गर्ने नगरपालिकाका जनप्रतिनिधी, कर्मचारीहरु लगायत सवैमा धन्यवाद दिए ।

लेखा अधिकृत पौडेललाई ढोरपाटन नगरपालिका नगर प्रमुख नेपालीले खादा, अविर लगाएर सम्मान गर्नुका साथै मायाँको चिनो प्रदान गर्नुभएको थियो । नगरकार्यपालिका कार्यालयका अन्य कर्मचारीहरुले पनि मायाँको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

उक्त नगर प्रमुख नेपालीको अध्यक्षता रहेको विदाई कार्यक्रममा ढोरपाटन नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी, ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेल, बागलुङ उद्योग बाणिज्य संघ ईकाइ समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्मा लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नायव सुब्बा चण्डीराज पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.