कार्याकारी प्रमुख गुरुङव्दारा रु १६ करोड ४० लाख ४२ हजारको बजेट सार्वजानिक !
महेन्द्र केसी, पर्वत २०७३ पुस २२ । कुस्मा नगरपालिकाको चौँथो नगरपरिषद (आय-व्यय सार्वजनिकीकरण समारोह)को जिल्ला न्यायाधीश मोहनराज भट्टराईले उद्घाटन गरेका छन् ।
आज सम्पन्न नगरपरिषद नेपाली काँग्रेसले बहिष्कार गरेको छ । नेपाली काँग्रेका सांसद अर्जुन प्रसाद जोशीलाई प्रमुख अतिथी बनाउन अन्य राजनीतिक दल खासगरी नेकपा एमाले माओवादीले ईन्कार गरेपछी काँग्रेसले बहिष्कार गरेको श्रोतको दावी छ ।
नगर परिषद उद्रघाटनका लागि स्थानीय विकास राज्यमन्त्रीलाई निम्त्याउने कुरामा काँग्रेस सहमत नभएपछी सांसद जोशीलाई प्रमुख अतिथी बनाउन अन्य दलहरुले नमानेको बुझिएको छ ।
नगरपालिका रहेको पर्वत जिल्लाको निर्वाचन क्षेत्र १ बाट लगातार तीन पटक नेपाली काँग्रेसबाट साँसद निर्वाचित जोशीलाई राजनीतिक विरोधकै कारण प्रमुख अतिथी बनाउन अन्यदलहरु नमाने पछी आगामी दिनमा जिल्लामा राजनीतिक विवाद थपिने निश्चित भएकोमा आम नागरिकमा चिन्ता थपिएको छ ।
आज सम्पन्न नगरपरिषदमा आव ०७४।७५ का लागि १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरिएको छ ।
कार्याकारी प्रमुख कुमानसिंङ गुरुङले कुस्मा नगरपालिकाको नगरपरिषद मार्फत आव ०७४।०७५ का लागि रकम बाँडफाँड तथा विनियोजन गरेका हुन् । परिषदले चालु तर्फ केन्द्रिय अनुदान ५० लाख ६० हजार प्रस्ताब गरेको छ त्यस्तै आन्तरिक चालु तर्फ चालु बजेट १ करोड ५० लाख ६२ हजार ५ सय तथा सामाजिक सुरक्षा तर्फ ५ करोड ७३ लाख गरी ७ करोड ३९ लाख २२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै पूर्जीगत बजेट तर्फ पुर्जीगत निसर्त केन्द्रिय अनुदान २ करोड ९४ लाख ९२ हजार, नगरक्षेत्रको पूर्वाधार विकास कार्यक्रम तर्फ १ करोड ५६ लाख ९० हजार, ठूला पूर्वधार तर्फ १ करोड , आन्तरिक पूर्जी तर्फ १ करोड ३४ लाख,३७ हजार ५ सय रुपैयाँ, सडक बोर्ड नेपाल तर्फ १५ लाख , जगेडा कोष भौतिक निर्माण तर्फ २ करोड गरी पूर्जीगत बजेट ९ करोड १ लाख १९ हजार ५ सय रुपैयाँ गरी जम्मा १६ करोड ४० लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्ताब गरेको छ ।
प्रस्तुत बजेट मध्य समपुषक कोषका लागि ७६ लाख, ७ हजार , विभिन्न कोष तथा विशेषहरु तर्फ ११ लाख, लक्षित बर्गातर्फ ७६ लाख ४४ हजार, आर्थिक, सामाजिक, भौतिक पूर्वधार विकास तर्फ १ करोड ४१ लाख ९६ हजार, ठूला पूर्वधार तर्फ १ करोड र नगरक्षेत्र पूर्वधार तर्फ १ करोड ५६ लाख ९० हजार बजेट विनियोजन गरिएको छ ।
त्यस्तै जगेडा कोष तर्फ नगरपालिका भवन निर्माणका लागि १ करोड र बाद्रेबेणी बसपार्क निर्माणको लागि १ करोड रुपैयाँ प्रस्ताब गरिएको छ । आन्तरिक स्रोत तर्फ २ करोड ५० लाख मध्ये चालु तर्फ १ करोड १५ लाख ६२ हजार ५ सय र पूर्जीगत तर्फ एक करोड ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बजेट प्रस्ताब गरिएको छ ।
नगरपालिकाले आगामी दिनमा नगरपालिकाकालाइ कस्तो बनाउने भन्ने बारेमा नगरको विकासको लागि विभिन्न नीति लिएको छ जस अन्तरगत नगर क्षेत्रमा ठूलो परिणाममा रहेको एलानि प्रति जग्गा संरक्षण गर्न सार्वजानिक गर्न सार्वजानिक समिति गठन गरी सार्वजानिक गर्न संरक्षण गर्न अभियान संचानल गर्ने र यसका लागि विनियोजित बजेटको अतिरित्त सामाजिक परिचालनको माध्यमबाट टोलसुधार समिति तथा अन्य सामाजिक संघसंस्थाको सहयोग लिने, बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ को प्रभावकारी कार्यान्वयन गर्ने, भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन सम्बन्धी आधारभूत मापदण्ड कडाइका साथ लागू गर्ने, फोहोरमैला व्यवस्थापनलाई शुन्य फोहोरको अबधारण अनुसार कुहिने फोहोरलाई कडाइका साथ घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोरलाई पुन प्रयोग तथा सरसफाई केन्द्रमा जम्मा गरि विक्रिवितरण गर्ने, जनसहभागिता कम हुने तथा लागत सहभागता शुन्य भएकोले दिगो विकासको अबधारणा अनुसार नभएकोले विकास निर्माणको प्रत्येक योजना ३० प्रतिशत लागत सहभागिता अनियार्व गर्ने, नगरपालिकाको सम्मुख र गुरुयोजना निर्माण गर्न र व्यवस्थीत शहरको रुपमा विकास गर्ने नीति ल्याउने, कुश्मा नगरपालिकामा सवारी साधनको चाप बढ्दो क्रममा रहेको र पार्किङको समस्याका कारण दुर्घटना हुने क्रम बढेकोले बसपार्क निर्माण कार्य तत्तकाल शुरु गर्ने , कुस्मालाई ब्रिज सिटिका रुपमा स्थापित गर्ने लगायतका योजना तथा नीति तथा कार्यक्रम ल्याएको छ ।
नगर परिषदको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानिय विकास अधिकारी युवराज पौडेल लगायतले बोलेका थिए ।