आजको तस्वीर : हल्लनचोकमा होलीको रौनक !

बागलुङ २०७५ चैत ६ । बिगत केहि वर्ष देखी स्थानीय युवाहरुको सक्रियतामा बागलुङ नगरपालिका २ हल्लन चोकमा हिन्दुहरुको महान पर्व फागु पूर्णिमा पर्व होली उल्लासमय ढंगले मनाईदै आएको छ । यसवर्षको होलीका अवसरमा पनि युवायुवतीहरु निकै रमाईलो गरी होली पर्व मनाई रहेका छन् ।

जिवित नेपाल बागलुङ नामक संस्थाको आयोजनामा बागलुङ बजारको मध्य विन्दुमा रहेको हल्लन चोकमा ठुलो संख्यामा युवायुवती, बालबालिका, बिद्यार्थीहरु उफ्रीउफ्री हल्लीहल्ली होली मनाईरहेका छन् । विभिन्न प्रकारका रङहरु मुखमा पोतेर रमाईलो गरिरहेका छन् ।

यसैवीच होली प्रेमीहरुले बागलुङ बजारका हल्लन चोक बाहेक लोकतान्त्रिक चोक लगायत अन्य चोक एवं गल्लीहरुमा भेला भएर होली मनाउने क्रम जारी छ ।


तस्वीर: कुसुम थिङ, ईबागलुङ ।


बागलुङ लोकतान्त्रिक चोकमा होली । तस्वीर सौजन्य: कोपिला कँडेल, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.