पोखरामा तीन दिने कृषि पत्रकारिता तालीम सम्पन्न : कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह !

दिनेश शर्मा, पोखरा २०७५ चैत ६ । पोखरामा एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको तीन दिने कृषि पत्रकारिता तालिम हिँजो मंगलबार सम्पन्न भएको छ।

कृषि ब्यवसाय प्रबर्द्धन सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश ,मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको समन्वयमा भएको कृषि पत्रकारिता तालिमको पहिलो चरणमा गण्डकी प्रदेश अन्तर्गतका एक्काईस वटा पालिकाबाट एक्काईस जनाको सहभागिता रहेको थियो, जसमा सुलिकोट गाउपालिकाबाट मिलन ढकाल, शहीद लखन गाउपालिकाबाट मनोज श्रेष्ठ, घिरिङ गाउपालिकाबाट राम प्रसाद श्रेष्ठ ,चापाकोट नगरपालिकाबाट माधब भट्टराई ,पुतलीबजार नगरपालिकाबाट सुशील पौडेल, वालिङ नगरपालिकाबाट सन्तोष थापामगर ,आँधिखोला गाउपालिकाबाट सन्तोष पौडेल, कालिगण्डकी गाउपालिकाबाट बिनोद भट्टराई ,गल्याङ नगरपालिकाबाट लक्ष्मण अधिकारी ,कुस्मा नगरपालिकाबाट महेन्द्र जी सी, महाशिला गाउपालिकाबाट लक्ष्मण बिश्वकर्मा जलजला गाउपालिकाबाट बिष्णु गौतम, पैयु गाउपालिकाबाट नारायण भुर्तेल, मोदी गाउपालिकाबाट महेन्द्र केसी ,बिहादी गाउपालिकाबाट ज्ञानु पङ्गेनी ,गैंडाकोट नगरपालिकाबाट पुर्ण प्रसाद खराल, बौदिकाली गाउपालिकाबाट पुजा बि क फलेबास नगरपालिकाबाट सबिता शर्मा, चामे गाउपालिकाबाट देबेन्द्र गुरुङ र बडीगाड गाउपालिकाबाट दिनेश शर्माको सहभागिता रहेको थियो।

तीन दिन सम्म चलेको तालिममा कार्यक्रमका सम्योजक डा।कुलराज चालिसे, आर सी टाइम्स कृषि पत्रीकाका सम्पादक रामचन्द्र बराल ,प्रदेश सरकार भुमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिब शरद चन्द्र श्रेष्ठ ,कृषि ब्यवसाय प्रबर्द्धन सहयोग तथा तालिमकेन्द्र प्रमुख सावित्री बराल, पत्रकार वसन्त अधिकारी, सुशीला अधिकारी लगाएतले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रममा प्रशिक्षणको क्रममा बोल्दै मन्त्रालयका सचिब श्रेष्ठले पछिल्लो समयमा युवाहरुको उत्साहजनक सहभागिताले अब्बल पेशाको रुपमा कृषि स्थापित हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै ज्ञानु पङ्गेनी र नारायण भुर्तेलले तालिमले कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै कृषक र सरकार बिचको दुरी घटाउन कृषि पत्रकार लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

नेपालका सातै प्रदेश मध्य गण्डकी प्रदेश प्रत्येक पालिकामा कृषि पत्रकार उत्पादन गर्ने पहिलो प्रदेश भएको छ। अब गण्डकी प्रदेश अन्तर्गतका बाकी रहेका पालिकाको तालिम दोश्रो चरणमा बैशाखमा गर्ने आयोजकले जनाएको छ ।

तालिम समापन सङ्गै प्रशिक्षार्थी पत्रकारहरुलाइ प्रमाण पत्र हस्तान्तरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *